प्रधानमन्त्री ओली गृहजिल्लामा यो साता व्यस्त हुँदै

,   लिम्बुवान न्युज
                       

दमक। सत्तारुढ नेकपा अध्यक्ष तथा सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्लाका विभिन्न कार्यक्रममा यो साता व्यस्त रहने सचिवालयले जनाएको छ । उनी फागुन १६, १८ र २१ गते तीन पटक यस हप्ता झापा आउने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार १६ गते उनी दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुने छन् । फागुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तरगत पर्ने २५ वटा बढी पुलहरु एकैपटक प्रधानमन्त्रीले शिलान्यास गर्ने छन् ।

यस्तै दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक १० बाट बालुुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय बिगाहमा बन्ने चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने छन् । कमल ७ मा हुने कार्यक्रम पछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए ।
यसैगरि, प्रधानमन्त्री ओलीले फागुन १८ गते व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने र २१ गते सुखानी शहिद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई ओलीले सम्बोधन गर्ने नेकपा झापाका कार्यालय सचिव शिव ढुगेँलले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;