सर्वोच्चले संसद पुनःस्थापना गरेकोमा खुशी व्यक्त– उपेन्द्र यादव

 लिम्बुवान न्युज
                       

इलाम। जनता समाजवादी पार्टी(जसपा) इलाम जिल्लाले वृहत जनसभा आयोजना गरेको छ । ¥याली सहित आयोजना गरिएको उक्त कार्यक्रम गणतन्त्र चोकमा पुगेरा सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले मुलुकलाई राजनीतिक अस्थीरता र अनिश्चितता हुनबाट रोकेको भन्दै खुशी व्यक्त गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संघीयता, गणतन्त्र र लोकतन्त्र नै ध्वस्त पार्ने योजनाका साथ भंग गरिएको संसद पुनर्स्थापना गरेर सर्वोच्च अदालतले आन्दोलन, अस्थीरता र अनिश्चितताबाट जोगाएको बताए ।

‘राजनीतिक अन्यौलता सिर्जना गरि संविधान निश्तेज पारेर निरकुंश शासक बन्ने कल्पना केपी ओलीले गरेका थिए । तर त्यो कल्पना असफल भएको छ’ अध्यक्ष यादवले भने । यसैगरी अध्यक्ष यादवले ‘जुन संविधानबाट निर्वाचित भएर प्रधानमन्त्री बन्नुभएको छ त्यही संविधानमा नेपालकै परिभाषामा नै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भन्ने लेखिएको छ । तर मन्त्री परिषद बैठकबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न निर्णय गर्छ’ अध्यक्ष यादवले भने, ‘ओलीको यस्तो व्यवहारले उनी संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने षडयन्त्रमा लागेको पुष्टि हुन्छ ।’ अध्यक्ष यादवले प्रश्न गर्दै भने, ‘नैतिकता भएको भए एक सेकेन्ड पनि सत्तामा बस्नु हुँदैन थियो । जसले संविधान मिच्यो सत्तामा बसिरहेको छ ।’

वरिष्ठ नेता अशोक राईले मुलुकलाई समृद्ध बनाउन र विकास गर्न अबको केही वर्ष लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिए । संविधानमा रहेका कमजोरीलाई जनताको चाहनाअनुरुप संसोधन गर्दै सर्वस्वीकार्य बनाउन समेत परिवर्तनकारी शक्तिहरुको सहकार्य आवश्यक रहेको बताए । ‘हाम्रो संविधान अधुरो र अपुरो छ । यसलाई जनताको चाहनाअनुसार संसोधन गर्दै जानुको विकल्प छैन’ राईले भने, ‘त्यसका लागि लोकतन्त्रवादी र परिवर्तनकारी शक्तिहरु सहकार्यको विकल्प छैन ।’

कार्यकारिणी सदस्य शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधि सभाले घोक्र्याएर निकाल्ने चेतावनी दिए । ‘नैतिकता भएको भए प्रतिनिधसभा पुनर्स्थापना हुनसाथ राजिनमा दिनु पर्दथ्यो । तर दिनुभएन’ भण्डारीले भने, ‘अब घोक्र्याएर निकाल्नुको विकल्प छैन ।’

कार्यक्रममा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य परसुराम बस्नेत, सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य निर्मला तावाले सर्वोच्च अदालतले गरेको संसद पुर्स्थापनाले जनतालाई लोकतन्त्रप्रतिको विश्वास बढाएको बताएका थिए ।

(तस्वीरः राम याेङहाङ्)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...