लिम्बुवान प्राप्तिको अन्तिम लडाईसम्म लड्नेछु – कुमार लिङ्देन ‘मिराक’

 लिम्बुवान न्युज
                       

फेदेन। पान्थरको फेदेनबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान प्रान्त स्थापना गर्नको निम्ति अन्तिम समयसम्म लड्ने उदघोष गरेका छन् । संघीय लिम्बुवान मञ्च, नेपाल पान्थर जिल्लाको चौथो जिल्ला अधिवेशनको उद्घाटनशत्रलाई फेदेनमा सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले बताएका हुन् ।

 

देशलाई दलदलमा फासाउने ओली सरकारको पाखण्डी, लाजघिन नभएको सरकारको विरुद्ध आम जनता सडकमा लामबद्ध लागेर अगाडि बढ्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । कोरोनाले एक बर्षमा असर परिरहेका बेला सोच्नै नसकेका भ्रष्टचार, बलत्कार र चोरी डकैटीले देश तहसनहज बनाएको बताए । अध्यक्ष लिङ्देनले आफ्नो झण्डा उठाएर खुकुरी चुनाव चिन्ह पछि लाम लागेर अघि बढ्न पान्थरवासीलाई आग्रह गरे । त्यसैगरी उनले अर्को प्रसङ्गमा सरकारलाई व्यङ्ग गर्दै भने “ओलीलाई गाली गर्नु र भैसीलाई पुराण सुनाउनु उस्तै उस्तै हो” ।

लिङदेनले यतिबेला मेचीदेखि कालीसम्म संघीय मञ्च पुग्ने क्रममा एकसेएक नेताहरुको जन्म भइसकेको बताए । अर्को प्रसङ्गमा देश १४ खर्ब ऋणमा डुबेको बताउँदै देशको ६५ प्रतिशत बजेट कर्मचारीतन्त्रमा खर्च गर्ने सरकारको पद्दतीको विरोध गर्दै कर्मचारीलाई समायोजन गरेर वा घटाएर नयाँ ढंगबाट अगाडि बढाएर बार्षिक बजेटमा अन्य शिर्षकमा खर्च गर्न सके छोराछोरीहरुलाई नर्स, डक्टर र इन्जीनियर बनाउन सकिने बताए ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष रामकुमार लिङदेन, संघीय अर्थ संयोजक विष्णु यक्सो, महासचिव संगम खनाल लगायत नेताहरुले सम्बोधन गरेका थिए भने अन्तर पार्टी नेकपा, कांग्रेस, जसपा र राप्रपाका जिल्ला प्रमुखहरुले शुभकामना मन्तव्य रोखका थिए ।

उद्घाटनसत्रको पूर्वसन्ध्यामा रयाली गरिएको थियो । रयाली फिदिमको गणतन्त्र चोकदेखि लिम्बुवान गेट उत्तर हुँदै बजार परिक्रममा गरेर उद्घाटन सत्रको सभामा परिणत भएको थियो ।

कार्यक्रम जिल्ला समितिका अध्यक्ष सागर केरुङको सभाध्यक्षतामा भएको छ भने बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङदेम्बेले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्रम संचालन जिल्ला समिति सदस्य तथा पत्रकार मञ्च जिल्ला अध्यक्ष सन्देश सुब्बाले संचालन गरेका थिए ।

अधिवेशनको बन्दसत्र साँझ ८ बजे देखि शुरु जिल्ला समिति पान्थरका अध्यक्ष सागर केरुङले जनाएका छन् ।

(तस्वीरः सागर केरूङकाे फेसबुकबाट)

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...