अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण

 लिम्बुवान न्युज
                       

दमक। याक्थुङ साहित्य गजल समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । आज झापाको दमकमा आयोजित कार्यक्रममा विजेताहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।

अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगितामा सीता ‘पिरती’ प्रथम पुरस्कार हात पारेकि छन् । त्यसैगरी द्वित्तीयले पुरस्कार मचिन्द्र लोवा ‘सेमि’, तृतीय पुरस्कार लक्ष्मीमाङ चेम्जोङ् र सान्त्वना पुरस्कार मनकुमार तुम्रोकले हात पारेका छन् । पुरस्कारको राशी क्रमशः ३० हजार, २० हजार, १५ हजार र ५ हजार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मुन्धुम तथा भाषा विद हरि हुक्पा चोङवाङको हातबाट पुरस्कृति प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
असोज १ गतेबाट शुरुभएको याक्थुङ अनलाइन गजल प्रतियोगिता याक्थुङ आर्ट एण्ड लिटे«चर ग्रुपको फेसबुक पेजबाट प्रशारण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रमसँगै प्रमुख अतिथिबाट सिङ्जागो गजल संग्रहको पनि विमोचन गरिएको छ । यस कार्यक्रममा नवल फाइवेली, टंक सेलीङ, सेसेहाङ फियाक, जितेन पन्धाक लगायतका साहित्यकारहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा दमक क्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजक जनम लिङ्दम हाङसा र सहसंयोजक इन्दीरा नेम्बाङ् रहेका छन् । प्रतियोगिताको निर्णायकको रुपमा प्राध्यापक मधु केरुङ र प्रेमदिप थाम्सुहाङ् रहेका थिए ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...