अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण

 लिम्बुवान न्युज
                       

दमक। याक्थुङ साहित्य गजल समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । आज झापाको दमकमा आयोजित कार्यक्रममा विजेताहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।

अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगितामा सीता ‘पिरती’ प्रथम पुरस्कार हात पारेकि छन् । त्यसैगरी द्वित्तीयले पुरस्कार मचिन्द्र लोवा ‘सेमि’, तृतीय पुरस्कार लक्ष्मीमाङ चेम्जोङ् र सान्त्वना पुरस्कार मनकुमार तुम्रोकले हात पारेका छन् । पुरस्कारको राशी क्रमशः ३० हजार, २० हजार, १५ हजार र ५ हजार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मुन्धुम तथा भाषा विद हरि हुक्पा चोङवाङको हातबाट पुरस्कृति प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
असोज १ गतेबाट शुरुभएको याक्थुङ अनलाइन गजल प्रतियोगिता याक्थुङ आर्ट एण्ड लिटे«चर ग्रुपको फेसबुक पेजबाट प्रशारण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रमसँगै प्रमुख अतिथिबाट सिङ्जागो गजल संग्रहको पनि विमोचन गरिएको छ । यस कार्यक्रममा नवल फाइवेली, टंक सेलीङ, सेसेहाङ फियाक, जितेन पन्धाक लगायतका साहित्यकारहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा दमक क्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजक जनम लिङ्दम हाङसा र सहसंयोजक इन्दीरा नेम्बाङ् रहेका छन् । प्रतियोगिताको निर्णायकको रुपमा प्राध्यापक मधु केरुङ र प्रेमदिप थाम्सुहाङ् रहेका थिए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...