प्रधानमन्त्रीबाट चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास

 लिम्बुवान न्युज
                       

कमल। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् । त्यसैगरी आजै झापाको कमल २ स्थित कमल खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् ।

आजै दमक देखि कमल गाउँपालिका जोडिने पुल, दमक देखि चुलाचुली जोडिने पुल लगायत झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । ओलीले संसद पुनःस्थापना भएकोमा कुनै चिन्ता नभएको समेत प्रष्ट पारेका छन् । उनले देशको विकास रोक्न आफूलाई हटाउन खोजेको दावी गरेका छन् ।

औद्योगिक पार्क बन्ने क्षेत्रको जग्गा धनीहरुलाई मु–अब्जा वितरणमा अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले विरोध गर्दै आइरहेको छ । मञ्चले विकास निर्माणमा विरोध नगर्ने तर जनताको जनजिवीकाको सवालमा सरकार असक्षम भएको मञ्चका प्रान्तीय उपमहासचिव भानु भट्टराइले बताए ।

त्यस क्षेत्रका पिढीतहरुले मु–अब्जा पिढीत संघर्ष समिति नै गठन गरेर आफ्ना मागहरु राखेर आन्दोलनमा समेत रहेका छन् ।

आजै प्रधानमन्त्री ओलीले मदन भण्डारी लोकमार्गमा निर्माणाधिन ३१ पुलको एकैचोटि शिलान्यास गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;