प्रधानमन्त्रीबाट चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास

 लिम्बुवान न्युज
                       

कमल। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् । त्यसैगरी आजै झापाको कमल २ स्थित कमल खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् ।

आजै दमक देखि कमल गाउँपालिका जोडिने पुल, दमक देखि चुलाचुली जोडिने पुल लगायत झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । ओलीले संसद पुनःस्थापना भएकोमा कुनै चिन्ता नभएको समेत प्रष्ट पारेका छन् । उनले देशको विकास रोक्न आफूलाई हटाउन खोजेको दावी गरेका छन् ।

औद्योगिक पार्क बन्ने क्षेत्रको जग्गा धनीहरुलाई मु–अब्जा वितरणमा अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले विरोध गर्दै आइरहेको छ । मञ्चले विकास निर्माणमा विरोध नगर्ने तर जनताको जनजिवीकाको सवालमा सरकार असक्षम भएको मञ्चका प्रान्तीय उपमहासचिव भानु भट्टराइले बताए ।

त्यस क्षेत्रका पिढीतहरुले मु–अब्जा पिढीत संघर्ष समिति नै गठन गरेर आफ्ना मागहरु राखेर आन्दोलनमा समेत रहेका छन् ।

आजै प्रधानमन्त्री ओलीले मदन भण्डारी लोकमार्गमा निर्माणाधिन ३१ पुलको एकैचोटि शिलान्यास गरेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...