जसपा झापा अध्यक्षमा राजवंशी, समायोजन घोषणा १९ गते बिर्तामोडमा हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समायोजन टुङ्गिएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिबाट गठित जिल्ला समायोजन कार्यदलले सर्वसम्मत निर्णय सहित समायोजन टुङ्गोमा पुर्याएको कार्यदल सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिएका छन् ।

कार्यदलले सोमबार दमकमा पूर्व समाजवादी र राजपा जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई निर्णय जानकारी गराएको थियो भने विज्ञप्ति समेत जारी गरेर समायोजन टुङ्गिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा जनाइए अनुसार अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति बन्ने छ भने २५ सदस्यीय जिल्ला कार्यकारिणी समितिका उपाध्यक्षहरुमा क्रमशः वीरबहादुर श्रेष्ठ, देबेन्द्रकिशोर ढुङ्गाना, सङ्गीता रौनियार, सज्जनकुमार वंशल, गोकुल हुमाँगाई, मेरी राजवंशी र शिवन सोराली मगर छन् । त्यस्तै सचिवमा दिपक न्यौपाने, उप-सचिवहरुमा अर्जुन राई, खड्गनारायण राजवंशी, बुद्ध बराइली, पुष्पितादेवी साह र रमा मेचे छ्न् ।

कोषाध्यक्षमा राजु खड्का छन् भने कार्यकारी सदस्यहरुमा क्रमशः कामेश्वर राजवंशी, सुन्दरलाल साह, भाद्रु गणेश, प्रेमकुमार राई, शान्ता पालुङ्वा, गणेश दाहाल, डिल्ली माबो र उदय गुरुङ छन् ।

फागुन १९ गते विर्तामाेडकाे रोयल पार्टी प्यालेसमा समायोजन कार्यदलले बृहत् भेला आयोजना गरेर जसपा जिल्ला समन्वय समितिको औपचारिक घोषणा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । सो भेलालाई पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्वमन्त्री रकम चेम्जोङले सम्बोधन गर्ने बताइएको छ ।

समायोजन कार्यदलले सोमबार जारी गरेको विज्ञप्तिः

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...