शुभकामना ज्वेलरीको २५ हजारभन्दा माथिको गरगहना खरिदमा ‘स्कुटर उपहार’ कुपन पाइने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ फागुन। दमकका व्यवसायी चन्द्र गजमेरले उपभोक्ताहरुलाई लक्षित गरेर सुनचाँदीको खरिदमा आर्कषक उपहार योजना ल्याएका छन् । महाशिवरात्री पर्वको अवसर पारेर व्यवसायी गजमेरले यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोक (साविकको मामा चोक) मा सुनका गहना उत्पादन तथा विक्री वितरणसंगै उपहार योजना ल्याएका हुन् ।

उनले शुभकामना ज्वेलरी मार्फत सुनचाँदीको कारोबार शुरु गर्ने तयारी गरेका छन् । दक्ष, विश्वसनीय र सीपयुक्त कालिगढ मार्फत गरगहना उत्पादनसंगै विक्री वितरण गर्ने लक्ष्य राखिएको बताए । उदघाटनको अवसर पारेर शुभकामना ज्वेलरीले ग्राहकहरुका लागि विशेष उपहार समेत राखेको छ । सो उदघाटनको दिनदेखि एक बर्ष अर्थात आगामी २०७८ फागुन २७ गतेसम्म २५ हजार मूल्यभन्दा माथिका गरगहना खरिद गर्ने ग्राहकहरुलाई समावेश गर्ने गरी शुभकामना भाग्यशाली उपहार राखिएको सञ्चालक गजमेरले बताए ।

उनका अनुसार २५ हजार मूल्य माथिका गहना खरिद गर्ने ग्राहकलाई तत्कालै एउटा कुपन प्रदान गरिने र ग्राहककै उपस्थितिमा शिलबन्दी बक्सामा सुरक्षित राखेर ज्वेलरीको बार्षिकोत्सवका दिन किुपन तानेर टिभिएस कम्पनीको स्कुटर भाग्यशाली उपहार स्वरुप प्रदान गरिनेछ ।

त्यस्तै, ज्वेलरीको उदघाटनका अवसरमा दमक ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षयकोषका लागि नगद २१ हजार १ सय १ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिने ज्वेलरीका सञ्चालक गजमेरले जानकारी दिए । उनी व्यवसायिक क्षेत्रमा शुभकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ,शुभकामना मार्ट तथा घरजग्गा कारोवारमा संलग्न छन् भने लायन्स अभियानमा समेत सक्रिय भएर सामाजिक कार्यमा संलग्न छन् ।

गजमेरले व्यवसायिक क्षेत्रबाट गरेको आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा समेत खर्चिरहेका छन ।

उनले आफनो पुख्यौली थलो धनकुटाको बालजन्य आधारभूत बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई बर्षेनी शैक्षिक सामाग्री र बिद्यालय पोशाक उपलब्ध गराउँदै आएका छन । शुरुमा ४० जना बिद्यार्थीबाट शुरु गरेको त्यस किसिमको सहयोग प्रदान गर्ने क्रमलाई यो पटक पाँचौ बर्षसम्म निरन्तरता दिदैंछन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...