शुभकामना ज्वेलरीको २५ हजारभन्दा माथिको गरगहना खरिदमा ‘स्कुटर उपहार’ कुपन पाइने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ फागुन। दमकका व्यवसायी चन्द्र गजमेरले उपभोक्ताहरुलाई लक्षित गरेर सुनचाँदीको खरिदमा आर्कषक उपहार योजना ल्याएका छन् । महाशिवरात्री पर्वको अवसर पारेर व्यवसायी गजमेरले यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोक (साविकको मामा चोक) मा सुनका गहना उत्पादन तथा विक्री वितरणसंगै उपहार योजना ल्याएका हुन् ।

उनले शुभकामना ज्वेलरी मार्फत सुनचाँदीको कारोबार शुरु गर्ने तयारी गरेका छन् । दक्ष, विश्वसनीय र सीपयुक्त कालिगढ मार्फत गरगहना उत्पादनसंगै विक्री वितरण गर्ने लक्ष्य राखिएको बताए । उदघाटनको अवसर पारेर शुभकामना ज्वेलरीले ग्राहकहरुका लागि विशेष उपहार समेत राखेको छ । सो उदघाटनको दिनदेखि एक बर्ष अर्थात आगामी २०७८ फागुन २७ गतेसम्म २५ हजार मूल्यभन्दा माथिका गरगहना खरिद गर्ने ग्राहकहरुलाई समावेश गर्ने गरी शुभकामना भाग्यशाली उपहार राखिएको सञ्चालक गजमेरले बताए ।

उनका अनुसार २५ हजार मूल्य माथिका गहना खरिद गर्ने ग्राहकलाई तत्कालै एउटा कुपन प्रदान गरिने र ग्राहककै उपस्थितिमा शिलबन्दी बक्सामा सुरक्षित राखेर ज्वेलरीको बार्षिकोत्सवका दिन किुपन तानेर टिभिएस कम्पनीको स्कुटर भाग्यशाली उपहार स्वरुप प्रदान गरिनेछ ।

त्यस्तै, ज्वेलरीको उदघाटनका अवसरमा दमक ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षयकोषका लागि नगद २१ हजार १ सय १ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिने ज्वेलरीका सञ्चालक गजमेरले जानकारी दिए । उनी व्यवसायिक क्षेत्रमा शुभकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ,शुभकामना मार्ट तथा घरजग्गा कारोवारमा संलग्न छन् भने लायन्स अभियानमा समेत सक्रिय भएर सामाजिक कार्यमा संलग्न छन् ।

गजमेरले व्यवसायिक क्षेत्रबाट गरेको आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा समेत खर्चिरहेका छन ।

उनले आफनो पुख्यौली थलो धनकुटाको बालजन्य आधारभूत बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई बर्षेनी शैक्षिक सामाग्री र बिद्यालय पोशाक उपलब्ध गराउँदै आएका छन । शुरुमा ४० जना बिद्यार्थीबाट शुरु गरेको त्यस किसिमको सहयोग प्रदान गर्ने क्रमलाई यो पटक पाँचौ बर्षसम्म निरन्तरता दिदैंछन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...