सरकार र विप्लव समूहको दोस्रो चरणको वार्ता सम्पन्न

 लिम्बुवान न्युज
                       

काठमाडौं। सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग एकै दिन दुई पटक वार्ता गरेको छ । विभिन्न विषयमा केन्द्रित बार्ताको दोस्रो चरणको वार्ताबाट थप उपलिब्ध भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत वार्ता उपलब्धीमूलक भएको जानकारी दिएका हुन् ।

उनका अनुसार वार्ता विषय केन्द्रित भएको छ । ‘दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने ट्वीटमा उल्ल्ेख गरेका छन् ।

दुवै पक्षले वार्ताको स्थानबारे भने कुनै जानकारी दिएका छैनन् । सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

त्यसको केही घण्टा पछि विप्लव समूहले पूर्व मन्त्री समेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्य समिति गठन गरेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...