दमक जेसिज र हिमशिखर एफएम बिच रेडियो कार्यक्रम गर्न सम्झौता

 लिम्बुवान न्युज
                       

दमक। जेसिज अभियानका गतिविधि, बिधिको शाषन, सकारात्मक र सभ्य समाज निर्माणमा युवाको भुमिका लगायतका बिषयबस्तु समेटिने गरी दमक जेसिजले साप्ताहिक रुपमा आधा घण्टाको रेडियो कार्यक्रम शुरु गर्ने भएको छ ।

दमक जेसिजका अध्यक्ष सुयोग खरेल र हिमशिखर मीडिया प्रा.लि. का अध्यक्ष ध्रुव न्यौपाने बीच कार्र्यक्रमको बिषयमा सम्झौता भएको हो । खरेलका अनुसार कार्यक्रममा नेतृत्व विकास, ब्याक्तित्व विकास लगायतका बिषयहरु पनि समेटिनेछन् ।

प्रत्येक शनिबार बिहान ८ देखि ८.३०, साँझ ५.३० देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने पनि जनाईएको छ । दमक जेसिजमा नयाँ नेतृत्व आएसंगै आफ्ना गतिविधिहरुलाई सक्रियताका साथ अघि बढाईरहेको छ ।

हिमशिखर एफ.एम. र दमक जेसिजको सहकार्यलाई उपलब्धि मूलक बनाउनका लागि आफुहरु लागि पर्ने दमक जेसिजको महासचिव निरज आचार्यले बताएकाछन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...