किशोर सुब्बाको कविता सङग्रह “काश जिन्दगी !” सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं। मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरूको भाषा नभएको, सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा हो, भनेका छन् ।

बिहिबार अनामनगरस्थीत पाना क्याफेमा निर्देशक किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । भाषाहरू बन्ने क्रममा परिस्कृत र परिमार्जित हुने बताउँदै खस भाषा जुम्लामा कसरी बोलिने र नेपाली भाषा कसरी बोलिने कुरा स्थलगत जानकारी लिँदा प्रष्ट हुने मुकारुङको भनाई थियो ।

मुकारुङले कुनै सौन्दर्य खोज्नेले किशोर सुब्बाको कवितालाई साहित्य नमान्न सक्ने त कुनै अब्बल सौन्दर्यको प्रतिक मान्न सक्ने सङ्ग्रहको रूपमा औंल्याएका थिए । चलचित्रकर्मी समेत रहेका सुब्बाले साहित्य लेख्दा चलचित्रको सौन्दर्यमा निखार आउने पनि बताएका थिए ।

साहित्यकार, मुन्धुमविद् यासेली योङहाङले किशोर सुब्बाका कवितामा सबै खाले विचारलाई समेट्नुका साथै जिन्दगीका सबै भोगाईलाई सङ्ग्रहित गरेको बताएका थिए । चलचित्रक्षेत्रमा रहँदा पनि साथै रहेको, साहित्यक्षेत्रमा रहँदा पनि साथै रहेकोले दुःखसुखकै साथी÷दाई मान्ने कुरालाई जोड्दै सँधै सक्रिय रहनसक्नु नै सुुब्बाको विशेषता रहेको बताएका थिए ।

सुब्बाबारे देवेन्द्र खापुङ सुर्केली, कुल्वा सुब्बा, लोकेन साँवा, पूर्व प्रमुख जिल्ला अधिकारी तथा इतिहासकार भगिराज इङ्नाम, सिर्जना राई, अर्जुन लिम्बु, सञ्जय राई छुच्चाले चर्चा गरेका थिए । दर्जनौ चलचित्रको लेखन निर्देशन र मेरो गाउँको रामकहानी (नाटक), फावाखोलाको गीत, अर्धसत्य (उपन्यास), पश्चात कविता सङ्ग्रह काश जिन्दगी ! ल्याएका हुन् ।

कार्यक्रममा कलाकार सानुबाबा सुब्बा, निर्देशक सागर सुब्बालगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...