चुम्लुङ दमक ८ को नयाँ नेतृत्व

 लिम्बुवान न्युज
                       

दमक । किरात याक्थुङ चुम्लुङ दमक ८ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङको आज सम्पन्न पहिलो वडाअधिबेशनले चन्द्रवहादुर कन्दङवाको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा टिका तुम्बापो, सचिवमा राजेन्द्र लिम्बू, सहसचिवमा जितन हाङस्रोङ र कोषाध्यक्षमा तारा कन्दङवा चुनिएका छन् ।

यस्तै, सदस्यहरुमा खनीमाया लिम्बू, नन्द पन्दाक, दिलु तुम्रोक, सुनिता कन्दङवा, रुद्र लिम्बू र कमल फोम्बो चुनिएका छन् ।

सोहि अधिबेशनको वन्दसत्रले ऐमानसिंह लाओती, लोकप्रसाद कन्दङवा, शुेरस लाओती, कुलबहादुर लिङदेन, तिलवहादुर शेर्मा, मनकुमारी पन्दाक र कुमारी लिम्बू सल्लाहकार रहेको एक समिति समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष चन्द्रवहादुर कन्दङवाले जानकारी दिए । चुम्लुङ नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको वडा अधिबेशनको उद्घाटनमा चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती लगायतले वोलेका थिए । अधिबेशन उद्घाटन सत्रमा चुम्लुङ वडा अध्यक्ष मनकुमारी पन्दाकले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मीनाकुमारी पाहिम लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दुवै प्रतिवेदन वन्दसत्रले पारित गरिएको थियो ।

चुम्लुङ दमक नगरको बैशाख ३ मा अधिबेशन

किरात याक्थुङ चुम्लुङ दमकको आगामी बैशाख ३ गते १० औं नगर अधिबेशन हुने भएको छ । चुम्लुङ दमक नगर समितिको विहिबार सम्पन्न बैठकले अधिबेशनको मिति तय गरिएको नगर अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए । स्थानीय किरात भवनमा हुने अधिबेशन सम्पन्न गर्न वडाहरुको धमाधम अधिबेशन भईरहेको समेत उनले वताएका छन् । अधिबेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।

यसैगरि, चुम्लुङले विगत वर्षझै यसवर्ष पनि नयाँ बर्षमा भित्रे पात्रो निकाल्ने तयारी गरेको छ । भित्तेपात्रो निकाल्न दमक ५ चुम्लुङ वडाका पूर्व अध्यक्ष सुकबहादुर सोदेम्बाको संयोजकत्वमा भित्तेपात्रो प्रकाशन समिति गठन गरि काम थालिएको जनाईएको छ । चुम्लुङ गतिविधिलाई समेटेर निकाल्न लागिएको भित्तेपात्रो अधिबेशनको दिन सार्वजनिक गरिने प्रकाशन समितिका संयोजक सोदेम्बाले वताएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...