चुम्लुङ दमक ८ को नयाँ नेतृत्व

 लिम्बुवान न्युज
                       

दमक । किरात याक्थुङ चुम्लुङ दमक ८ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङको आज सम्पन्न पहिलो वडाअधिबेशनले चन्द्रवहादुर कन्दङवाको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा टिका तुम्बापो, सचिवमा राजेन्द्र लिम्बू, सहसचिवमा जितन हाङस्रोङ र कोषाध्यक्षमा तारा कन्दङवा चुनिएका छन् ।

यस्तै, सदस्यहरुमा खनीमाया लिम्बू, नन्द पन्दाक, दिलु तुम्रोक, सुनिता कन्दङवा, रुद्र लिम्बू र कमल फोम्बो चुनिएका छन् ।

सोहि अधिबेशनको वन्दसत्रले ऐमानसिंह लाओती, लोकप्रसाद कन्दङवा, शुेरस लाओती, कुलबहादुर लिङदेन, तिलवहादुर शेर्मा, मनकुमारी पन्दाक र कुमारी लिम्बू सल्लाहकार रहेको एक समिति समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष चन्द्रवहादुर कन्दङवाले जानकारी दिए । चुम्लुङ नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको वडा अधिबेशनको उद्घाटनमा चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओती लगायतले वोलेका थिए । अधिबेशन उद्घाटन सत्रमा चुम्लुङ वडा अध्यक्ष मनकुमारी पन्दाकले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मीनाकुमारी पाहिम लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दुवै प्रतिवेदन वन्दसत्रले पारित गरिएको थियो ।

चुम्लुङ दमक नगरको बैशाख ३ मा अधिबेशन

किरात याक्थुङ चुम्लुङ दमकको आगामी बैशाख ३ गते १० औं नगर अधिबेशन हुने भएको छ । चुम्लुङ दमक नगर समितिको विहिबार सम्पन्न बैठकले अधिबेशनको मिति तय गरिएको नगर अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए । स्थानीय किरात भवनमा हुने अधिबेशन सम्पन्न गर्न वडाहरुको धमाधम अधिबेशन भईरहेको समेत उनले वताएका छन् । अधिबेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।

यसैगरि, चुम्लुङले विगत वर्षझै यसवर्ष पनि नयाँ बर्षमा भित्रे पात्रो निकाल्ने तयारी गरेको छ । भित्तेपात्रो निकाल्न दमक ५ चुम्लुङ वडाका पूर्व अध्यक्ष सुकबहादुर सोदेम्बाको संयोजकत्वमा भित्तेपात्रो प्रकाशन समिति गठन गरि काम थालिएको जनाईएको छ । चुम्लुङ गतिविधिलाई समेटेर निकाल्न लागिएको भित्तेपात्रो अधिबेशनको दिन सार्वजनिक गरिने प्रकाशन समितिका संयोजक सोदेम्बाले वताएका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...