चुलाचुलीमा लिम्बुवान मञ्चको टोल कमिटी गठन

 लिम्बुवान न्युज
                       

चुलाचुली। संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली गाउँपालिका समितिको घरदैलो कार्यक्रम निरन्तर जारी रहेको छ । आज साँझ चुलाचुली २ को फाईवेली टोलमा भएको भेलाले नबिना लिम्बु (सोदेम्बा)को अध्यक्षतामा मञ्चको टोल समिति गठन भएको छ ।

गाउँपालिका अध्यक्ष विपिन योङयाले दिएको जानकारी अनुसार समितिको उपाध्यक्षमा टिका लिम्बु, सचिवमा इन्द्र लिम्बु, अर्थसचिवमा सानिम लिम्बु रहेका छन् । त्यसैगरी समितिको सदस्यहरुमा कमला इङनाम, नरमाया लिम्बु, मनु लिम्बु, तुलाराम लिम्बु, अम्बर लिम्बु, सबिन कुमार चेम्जोङ, नक राई, सुनिल लिम्बु, निशेष लिम्बु, एनोश श्रेष्ठ, काली बहादुर लिम्बु, विशाल लिम्बु, मदन लिम्बु, निर्मला थापा, मिङ्सो लिम्बु, शंकर लिम्बु, खड्क लिम्बु, कुमारी राई, सम्झना लिम्बु, विष्णु लिम्बु, निशान लिम्बु, सोलु राई, मनमाया लिम्बु र चेतन चापागाई रहनुभएको छ ।

उक्त टोल समिति गठन भेलामा मञ्चका जिल्ला सदस्यहरु सञ्जय इङनाम, नरेन्द्र लेक्वा र गाउँपालिका सदस्य जीवन लावतीको समेत उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...