प्रेस मञ्च नेपालको संघीय अध्यक्षमा केशव अर्याल, १७१ सदस्यीय संघीय समिति घोषणा

 लिम्बुवान न्युज
                       

झापा। जनता समाजवादी पार्टी(जसपा) निकट पत्रकारहरुको संगठन समायोजन भएको छ । समायोजित संगठन ‘प्रेस मञ्च नेपाल’ को अध्यक्षमा केशव अर्याल चयन भएका छन् ।

दुई राजनीतिक दलहरु समाजवादी पार्टी र राजपाको समायोजन पछि बनेको प्रेस मञ्च नेपालमा १७१ सदस्यीय संघीय समिति घोषणा गरिएको छ ।

अर्याल तत्कालीन समाजवादी पार्टीनिकट प्रेस नेपालको तर्पmबाट अध्यक्ष भएका हुन् । संघीय समितिमा ३१ जना पदाधिकारी राखिएको छ ।

उपाध्यक्षहरु १० जना छन् । दश उपाध्यक्षमध्ये प्रेस नेपालबाट अतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी र विजय चाम्लिङ छन् ।

बाँकी चार उपाध्यक्षहरु विन्दकिशोर साह, आशिष गुप्ता, राजेश कर्ण र वीरेन्द्र साह तत्कालीन राजपाबाट छन् ।

महासचिवमा निमेश कर्ण छन् । उनी राजपाको तर्पmबाट हुन् । राजपातिरबाट दुई अलग–अलग संगठन थिए । जुन आपसमा समायोजन नै भएको थिएन ।

समितिको उपमहासचिव दुवैतिरबाट चार÷चार जना राखिएको छ । प्रेस नेपालबाट देवेन्द्र खापुङ, दीपेन्द्र रुम्दाली, शाहीमान राई, योगेन्द्र प्रताप शाही छन् भने राजपाबाट अमरेन्द्रकुमार यादव, विश्वनाथ ठाकुर, अंकुश श्रीवास्तव छन् । एक उपमहासचिवको पद हाल खाली राखिएको छ ।

सचिवहरुमा प्रेस नेपालबाट टीआर शर्मा, मुकेश कुमार मिश्र, विदुर ढुंगेल, उज्वल पौडेल छन् ।

राजपाबाट रामएकवाल साह, हरेन्द्र चौधरी, चन्द्रिका चौधरी, एसएम जहागस्त र ठाकुरसिंह थारु छन् । सचिवमा पनि एक पद खाली छ ।
यसैगरी कोषाध्यक्षमा पासाङ शेर्पा छिन् । उनी तत्कालीन प्रेस नेपालबाट हुन् ।

जसपा निर्माण भएपछि पत्रकारहरुको समायोजनका लागि पार्टीकी कार्यकारिणी समिति सदस्य हिसिला यमी, सुशीला श्रेष्ठ र केशव झा रहेको कार्यदललाई जिम्मा दिइएको थियो ।

हेर्नुहोस् सम्पूर्ण नामावली:

सम्बन्धित समाचार

छ दलले पाउने भयो राष्ट्रिय दलको मान्यता

दमक, २७ फाल्गुन । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यतापाएको छ । पाँचवटा दल पुरानै रहेको छ भने एउटा मात्र दल नयाँ रहेको छ । प्रतिनिधिसभाको यो निर्वाचनबाट राष्ट्रिय दलको...

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...