दमकका पत्रकार पौडेलले पाए कोरोना बिमा रकम

 लिम्बुवान न्युज
                       

दमक। झापा दमकका क्रियासिल पत्रकार विष्नु पौडेलले कोरोना बिमा वापतको रकम प्राप्त गरेका छन् ।

बुधबार एक कार्यक्रमका बीच नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिले कोरोना बिमा बापतको रकम पौडेललाई हस्तान्तरण गरेको हो ।

प्राप्ति अटो र रोजियट अंग्रेजी बोर्डिङ स्कुलको सहकार्यमा कोरोना संक्रमित भई स्वस्थ भएका पत्रकार विष्णु पौडेललाई विमा वापतको एक लाख रकम हस्तान्ताण गरिएको युनियन अध्यक्ष विष्णु सुब्बाले जनाएका छन् ।

माइपश्चिम युनियनको पहलमा प्राप्ति र रोजियटसँगको सहकार्यमा दमककै सगरमाथा ईन्स्योरन्समार्फत झापा माइपश्चिम क्षेत्रमा कृयाशील ३२ जना पत्रकारको कोरोना विमा गरिएको थियो ।

विमा रकम प्राप्तिका सञ्चालक प्रकाश प्रसाई, रोजियटका निर्देशक सुर्य कटुवाल, इन्स्योरेन्सका दमक शाखा प्रवन्धक देवराज दंगाल, प्रेस संगठन झापाका संयोजक टिकाराम उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

दमकका अर्का कोरोना संक्रमित भई स्वस्थ भैसकेका पत्रकार लोकनाथ रिजाललाई पनि चाँडै कोरोना बिमा बापतको रकम हस्तान्तरण गरिने युनियनले बताएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...