दमकका पत्रकार पौडेलले पाए कोरोना बिमा रकम

 लिम्बुवान न्युज
                       

दमक। झापा दमकका क्रियासिल पत्रकार विष्नु पौडेलले कोरोना बिमा वापतको रकम प्राप्त गरेका छन् ।

बुधबार एक कार्यक्रमका बीच नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समितिले कोरोना बिमा बापतको रकम पौडेललाई हस्तान्तरण गरेको हो ।

प्राप्ति अटो र रोजियट अंग्रेजी बोर्डिङ स्कुलको सहकार्यमा कोरोना संक्रमित भई स्वस्थ भएका पत्रकार विष्णु पौडेललाई विमा वापतको एक लाख रकम हस्तान्ताण गरिएको युनियन अध्यक्ष विष्णु सुब्बाले जनाएका छन् ।

माइपश्चिम युनियनको पहलमा प्राप्ति र रोजियटसँगको सहकार्यमा दमककै सगरमाथा ईन्स्योरन्समार्फत झापा माइपश्चिम क्षेत्रमा कृयाशील ३२ जना पत्रकारको कोरोना विमा गरिएको थियो ।

विमा रकम प्राप्तिका सञ्चालक प्रकाश प्रसाई, रोजियटका निर्देशक सुर्य कटुवाल, इन्स्योरेन्सका दमक शाखा प्रवन्धक देवराज दंगाल, प्रेस संगठन झापाका संयोजक टिकाराम उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

दमकका अर्का कोरोना संक्रमित भई स्वस्थ भैसकेका पत्रकार लोकनाथ रिजाललाई पनि चाँडै कोरोना बिमा बापतको रकम हस्तान्तरण गरिने युनियनले बताएको छ ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...