राप्रपा प्रदेश १ को अध्यक्षमा राम थापा

 लिम्बुवान न्युज
                       

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश १ को अध्यक्षमा दमकका राम थापा चयन भएका छन् । राप्रपाको अन्तरिम विधान अनुसार केन्द्रिय समितिले थापालाई प्रदेश १ अध्यक्षमा चयन गरेको हो ।

कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको तीन वटा पार्टी एकिकरण पछि बनेको राप्रपाले प्रदेश स्तरमा अध्यक्ष र उपाध्यक्ष चयन गरेको हो । सोहि अनुसार एकिकृत पार्टीको प्रदेश अध्यक्षमा दमकका राजनैतिक व्यक्ति थापा चयन भएका हुन् । त्यसैगरी पार्टीको प्रदेश उपाध्यक्षमा पाँचथरका सगुन सुन्दर लावती चुनिएका छन् । लावती पूर्व गृहमन्त्री पद्यमसुन्दर लावतीका कान्छा छोरा हुन् ।

एकिकृत पार्टीको प्रदेश अध्यक्षमा चयन भएपछि अब केहि दिन भित्रमै अध्यक्ष र उपाध्यक्ष बसि अन्य नेताहरुको समेत सल्लाहमा प्रदेश समितिलाई पुर्णता दिईने अध्यक्ष थापाले बताउनु भयो । पार्टी एकीकरण पछि कार्यकर्तामा उत्साह आएको भन्दै उहाँले अब राप्रपालाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने गरी प्रदेशमा संगठन निर्माण गरिने बताउनु भयो । कांग्रेस कम्युनिष्टहरुले मुलुक बिकास र स्थायीत्व दिन सक्दैनन भन्ने प्रमाणित भएकोले पनि आफुहरुको आवश्यकता पुष्टि भएको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...