बुधबार, २६ फागुन, २०७७ साँझको ०६:५० बजे,
लिम्बुवान न्युज
दमक।गीतकार तथा निर्देशक आन्छुमे नसानको पालाःम साम्लो ‘निङवासो’ भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय गायिका तथा मोडल गंगा फियाक र नोसाङ सुसेलीको अभिनय देख्न सकिनेछ ।
आन्छुमे नसानको शव्दमा संगीतकार तथा गायक नरेश लिङदेनले लय संकलन गरेका गीतलाई चर्चित गायिका मनु नेम्बाङ र लिङदेन स्वयमले सुमधुर भाकामा श्रृंगारिएको पालाःम साम्लो ‘निङवासो’ भिडियो माङसेबुङ न्यूज टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
किरात धार्मिक पर्यटकिय स्थल माङसेबुङ आसपासमा छायाँकन गरिएको भिडियोमा मिलन लावती ‘सहयात्रा’, दिल्लीसोहाङमा तुम्सा, सरिता राई, प्रकाश सावदेन, सेसे सेर्मा र सन्चहाङ सङवाङफे लगायतको पनि अभिनय हेर्न सकिन्छ ।
प्रविन सेलिङ ‘सेन्दो’को छायाँकन तथा सुजन श्रेष्ठको सम्पदन रहेको भिडियोमा सुजन आङबुहाङको कृउ र दिल्लीसोहाङमा तुम्साको मेकअप रहेको छ ।
एभरेष्ट स्टुडियो काठमाण्डौबाट रेकर्ड गरिएको असोक लोहोरुङको संगीत संयोजन रहेको पालाःम साम्लो ‘नोमिम’ गीति एल्वममा संग्रहित रहेको छ ।
गाउँले जीवनको रोमान्टिक तथा मौलिक जीवनशैलीलाई प्रस्तुत गर्न खोजिएको ‘निङ्वासो’ भिडियोमा लिम्बू संस्कारमा प्रचलित रहेको धान नाँचलाई पृथक शैलीमा समावेश गरिएको निर्देशक नसानले बताएका छन् ।
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...
दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...