बुधबार, २६ फागुन, २०७७ साँझको ०६:५० बजे,
लिम्बुवान न्युज
दमक।गीतकार तथा निर्देशक आन्छुमे नसानको पालाःम साम्लो ‘निङवासो’ भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय गायिका तथा मोडल गंगा फियाक र नोसाङ सुसेलीको अभिनय देख्न सकिनेछ ।
आन्छुमे नसानको शव्दमा संगीतकार तथा गायक नरेश लिङदेनले लय संकलन गरेका गीतलाई चर्चित गायिका मनु नेम्बाङ र लिङदेन स्वयमले सुमधुर भाकामा श्रृंगारिएको पालाःम साम्लो ‘निङवासो’ भिडियो माङसेबुङ न्यूज टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
किरात धार्मिक पर्यटकिय स्थल माङसेबुङ आसपासमा छायाँकन गरिएको भिडियोमा मिलन लावती ‘सहयात्रा’, दिल्लीसोहाङमा तुम्सा, सरिता राई, प्रकाश सावदेन, सेसे सेर्मा र सन्चहाङ सङवाङफे लगायतको पनि अभिनय हेर्न सकिन्छ ।
प्रविन सेलिङ ‘सेन्दो’को छायाँकन तथा सुजन श्रेष्ठको सम्पदन रहेको भिडियोमा सुजन आङबुहाङको कृउ र दिल्लीसोहाङमा तुम्साको मेकअप रहेको छ ।
एभरेष्ट स्टुडियो काठमाण्डौबाट रेकर्ड गरिएको असोक लोहोरुङको संगीत संयोजन रहेको पालाःम साम्लो ‘नोमिम’ गीति एल्वममा संग्रहित रहेको छ ।
गाउँले जीवनको रोमान्टिक तथा मौलिक जीवनशैलीलाई प्रस्तुत गर्न खोजिएको ‘निङ्वासो’ भिडियोमा लिम्बू संस्कारमा प्रचलित रहेको धान नाँचलाई पृथक शैलीमा समावेश गरिएको निर्देशक नसानले बताएका छन् ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...