सिंहदेवीमा लिम्बुवानको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

झिपाले। संघीय लिम्बुवान मञ्च नेपाल केराबारी गाउँपालिका सिंहदेवीको आयोजनामा अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा पार्टीको साधारण सदस्यता प्रदान गर्दै मञ्चमा प्रवेश गराईएको हो ।

विभिन्न पार्टी परित्याग गरी केराबारी गाउँपालिकाका भिम बहादुर मिभक, अग्नि प्रसाद मिभक, भिम रत्न मिभक, चन्द्र कुमार लिम्बु, मौसम चेम्जोङ, दिपेश मिभक, राम कुमार मिभक, बसन्त मिभक, रुपमान लावती,, सोम बहादुर लिम्बु, विर्ख तुम्सा, किसान मिभक, राजु मिभक, कृष्ण पुलामी मगर, हर्क खेवा लिम्बु, रविन कुरुम्भ, भिम मिभक, टिका खेवा, किसान्त लहरुङ, गीता थेगीम राई, दुर्गामाया लावती लगायत रहेका छन् ।

मञ्चका अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गर्दै अबको एक मात्र राष्ट्रवादी पहिचानवादी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भएको हुँदा नेपाली गरिब दुःखी जनताहरुको पक्षमा बोल्ने र अधिकारको लागि लड्ने दलमा आउन आव्हान गरेका छन् । उनले वर्तमान सरकारको नौटङ्कीले मुलुक झनझन दलदलमा फस्दै गएको बताए । “मुलुक आर्थिक रुपमा एकदमै कम्जोर बन्दैगएको, आवश्यकता भन्दा धेरै कर्मचारी भर्ती गरेर देशको अर्थतन्त्रको पैसठ्ठी प्रतिशतभन्दा धेरै कर्ममारीतन्त्रमा खर्च भईरहेको हुँदा त्यसलाई वैज्ञानिक ढंगबाट समाधान गरेर देश विकासमा खर्च गर्न सरकारको नयाँ संरचना बनाई विकास निर्माणमा अघि बढ्न सरकार सफल भएको छ” –उनले भने ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले मञ्चलाई जातीवादी पार्टीको आरोप लगाएर नेकपा कांग्रेसहरु चोखिन खाजेका छन् तर सबैभन्दा धेरै जातीवादी पार्टी तिनै एकात्मकवादी पार्टीहरु भएका हुँदा आगामी चुनावमा मञ्चको खुकुरी चुनाव चिन्हमा भोट हाल्न सिंहदेवीवासीलाई आव्हान गरेका छन् ।

यसैगरी कार्यक्रमलाई मञ्चका संघीय अर्थ सचिव विष्णु यक्सो, लिम्बुवान प्रान्तीय उमहासचिव तथा संचार प्रमुख दिल कुमार लावती, सचिव राजु राई, मोरङ जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीले आफ्नो विचार रहेका छन् ।

कार्यक्रममा मञ्चले प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तकलाई वितरण गरेको छ । मञ्चले उक्त पुस्तिकालाई देशको सबै क्षेत्रमा पु¥याउन हजारौं प्रति प्रकाशन गरेर वितरण गरिरहेको प्रकाशन विभागले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता केराबारीका सिंहदेवी अध्यक्ष गणेश लावतीको अध्यक्षतामा सम्पन्न भएको छ भने कार्यक्रममा मञ्चका मोरङ् बरिष्ठ उपाध्यक्ष जीवन खेवाले स्वगत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...