सिंहदेवीमा लिम्बुवानको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

झिपाले। संघीय लिम्बुवान मञ्च नेपाल केराबारी गाउँपालिका सिंहदेवीको आयोजनामा अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा पार्टीको साधारण सदस्यता प्रदान गर्दै मञ्चमा प्रवेश गराईएको हो ।

विभिन्न पार्टी परित्याग गरी केराबारी गाउँपालिकाका भिम बहादुर मिभक, अग्नि प्रसाद मिभक, भिम रत्न मिभक, चन्द्र कुमार लिम्बु, मौसम चेम्जोङ, दिपेश मिभक, राम कुमार मिभक, बसन्त मिभक, रुपमान लावती,, सोम बहादुर लिम्बु, विर्ख तुम्सा, किसान मिभक, राजु मिभक, कृष्ण पुलामी मगर, हर्क खेवा लिम्बु, रविन कुरुम्भ, भिम मिभक, टिका खेवा, किसान्त लहरुङ, गीता थेगीम राई, दुर्गामाया लावती लगायत रहेका छन् ।

मञ्चका अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गर्दै अबको एक मात्र राष्ट्रवादी पहिचानवादी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भएको हुँदा नेपाली गरिब दुःखी जनताहरुको पक्षमा बोल्ने र अधिकारको लागि लड्ने दलमा आउन आव्हान गरेका छन् । उनले वर्तमान सरकारको नौटङ्कीले मुलुक झनझन दलदलमा फस्दै गएको बताए । “मुलुक आर्थिक रुपमा एकदमै कम्जोर बन्दैगएको, आवश्यकता भन्दा धेरै कर्मचारी भर्ती गरेर देशको अर्थतन्त्रको पैसठ्ठी प्रतिशतभन्दा धेरै कर्ममारीतन्त्रमा खर्च भईरहेको हुँदा त्यसलाई वैज्ञानिक ढंगबाट समाधान गरेर देश विकासमा खर्च गर्न सरकारको नयाँ संरचना बनाई विकास निर्माणमा अघि बढ्न सरकार सफल भएको छ” –उनले भने ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले मञ्चलाई जातीवादी पार्टीको आरोप लगाएर नेकपा कांग्रेसहरु चोखिन खाजेका छन् तर सबैभन्दा धेरै जातीवादी पार्टी तिनै एकात्मकवादी पार्टीहरु भएका हुँदा आगामी चुनावमा मञ्चको खुकुरी चुनाव चिन्हमा भोट हाल्न सिंहदेवीवासीलाई आव्हान गरेका छन् ।

यसैगरी कार्यक्रमलाई मञ्चका संघीय अर्थ सचिव विष्णु यक्सो, लिम्बुवान प्रान्तीय उमहासचिव तथा संचार प्रमुख दिल कुमार लावती, सचिव राजु राई, मोरङ जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीले आफ्नो विचार रहेका छन् ।

कार्यक्रममा मञ्चले प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तकलाई वितरण गरेको छ । मञ्चले उक्त पुस्तिकालाई देशको सबै क्षेत्रमा पु¥याउन हजारौं प्रति प्रकाशन गरेर वितरण गरिरहेको प्रकाशन विभागले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता केराबारीका सिंहदेवी अध्यक्ष गणेश लावतीको अध्यक्षतामा सम्पन्न भएको छ भने कार्यक्रममा मञ्चका मोरङ् बरिष्ठ उपाध्यक्ष जीवन खेवाले स्वगत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...