झिलझिलेमा निर्मित वाटर किंगडम पार्क एण्ड रिसोर्ट संचालनमा आयो

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षी ८ को झिलझिलेमा अत्याधुनिक सुुविधा सम्पन्न वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ ।

शनिबार पत्रकार भेटघाट कार्यक्रममा बौल्दै संचालक राजकुमार संग्रौलाले सो पार्क पूर्ण रुपमा सञ्चालन ल्याइएको जानकारी गराएका हुन् ।

झापामा नौलो पर्यटकिय स्थलको रुपमा संचालनमा ल्याईएको पार्कमा चिप्लिने पौडीस्थल ४, तरंगीत १, छाल आउने १, बच्चाहरुको १ वटा गरि ७ वटा पौडी स्थलहरु रहेको छ ।

आगन्तुक पर्यटकलाई सुविधाका लागि कम्पनीले खाजा घर, बालबालिकाको लागि पार्क (बगैचा) तारबाट खेलीने जीप लाईन, सुपरम्यान जीप, साईकिलिङ जीपको सुविधा पनि उपलब्ध गराएको छ । पार्कलाई शुन्दरता प्रदान गर्न मौलिक संस्कृति झल्कने आकृति र ४५ मिटर लामो सुरुङ मार्ग पनि बनाईएको छ ।

२ विगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट, ४२ करोड लगानीमा संचालमा ल्याईएको प्रा.लि.का अध्यक्ष मेनुकादेवी सिटौलाले बताईन् ।

रिसोर्टमा १६ वटा सुविधा सम्पन्न भिआईपि गेष्ट रुम, सेमिनार हल र पार्टी हल रहेको कार्यकारी व्यवस्थापक सौजनराज संग्रौलाले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा लज निर्माण भएको छ । पार्कमा हाल ७५ जना कर्मचारी रहेको कार्यकारी सचिव गणेश घिमिरेले बताए ।

पार्कमा आउने पर्यटकका लागि पूर्वका पर्यटकीयस्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका स्थानहरुमा प्याकेजमा भ्रमण गराउने कार्यकारी सदस्य विनोद सापकोटाले जानकारी दिए । उनले भने पर्यटकले सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुगेर मनोरञ्जन लिन सक्ने छन् ।

कार्यक्रममा शिवसताक्षि नगरपालिका ८ का अध्यक्ष केहरसिंह बस्नेत, उद्योग बाणिज्य संघ शिवसताक्षिका अध्यक्ष भोला मैनालीलगायतले शिवसताक्षीमा पूर्वको ठुलो पार्क संचालनमा आउदा सिंगो झापाकै पर्यटन विकासमा टेवा पुग्ने धारणा राखेका थिए ।

(तस्वीरः हरप्रहर मिडिया)

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...