माधव पक्षले भेला नरोक्ने, चियापान कार्यक्रममा नजाने

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको जनाइएको छ ।

खनाल–नेपाल समूहले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय गरेको छ।

सोमबार दिउँसो अध्यक्ष ओलीसँगको भेटपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा ओली विवाद मिलाउने मुडमा नदेखिएको निश्कर्ष निकाल्दै आफ्ना पूर्व निर्धारित कार्यक्रमहरू गर्ने निर्णय गरेका हुन् ।

‘ओली समस्या समाधानमा केन्द्रित हुनेभन्दा पनि प्रतिक्रियात्मक बढ्ता देखिएका कारण यथास्थितिमा ओलीले निम्ता गर्ने कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेका छौं’, उनले भने, ‘सुरूमा मिठा कुरा गरेर पछि खस्रा कुरा गरेपछि हामी पनि पछि नहट्ने भएका हौ।’

उनले आज केपी ओलीले बोलाएको भेला मूलत हाम्रो कार्यकर्ता भेला रोक्नकै लागि बोलाएको देखिएको भन्दै ओलीले २८ फागुनको निर्णय सच्याउनुपर्ने र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने निर्णयमा अडिग रहेको बताए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको छलफलमा वरिष्ठ नेता नेपालले २८ फागुनको निर्णय फिर्ता लिन माग गरेका थिए । तर, अध्यक्ष ओलीले भने २८ फागुनको निर्णय फिर्ता हुन नसक्ने बताएका थिए।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...