दमकको शिखज्योति स्कूलमा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

,   लिम्बुवान न्युज
                       

दमक । झापाको दमक ८ स्थित शिखरज्योति इङलिस बोर्डिङ स्कूलले स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका सचेतना कार्यक्रम गर्दै आएको स्कुलले यस पटक पानी सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

बढ्दो शहरीकरणसँगै शुद्ध पिउने पानीको अभाव बढिरहेको समयमा विद्यालयले मानव जीवनमा पानीको महत्व र शुद्ध पानी कसरी पिउन सकिन्छ भन्ने कुरालाई जोडन यस्तो कार्यक्रम गरेको जनाएको छ ।

सामान्य पानी भन्दा आयोनाइज्ड अल्काइन पानीले शरीरमा भएका विभिन्न रोगलाई समेत हटाउन सक्ने दावी गर्दै आएको पानी प्रयोग सवैले प्रयोग गर्न गराउनका लागि कार्याक्रम गरिएको स्कूलकी फाउण्डर मनु पन्दाकले बताइन ।कार्याक्रममा आयोनाइज्ड अल्कालाइन पानीको प्रयोगसम्बन्धी जानकारी दिन आइ केयरका फाउण्डर पासाङ लामा, भिमध्वोज लामा सहितको प्रदर्शनीका प्राविधिकको टोली काठमाण्डौंबाट आएका छन् । आयोनाइज्ड अल्कालाइन पानीबारे झापामा यो पहिलो पटक चर्चा र प्रदर्शनी गरिएको कार्यक्रमका सहजकर्ता प्रेमदिप थाम्सुहाङ्गले बताए ।

विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा जापानिज टेक्नोलोजिबाट बनेको पानि शुद्ध पार्ने मेसिन प्यरप्रोबाट शुद्धिकरण गरिएको अल्कालाइन पानिको प्रदर्शनी गरिनुका साथै सामान्य पानि र अल्कालाइन पानिको भिन्नताबारे प्रत्यक्ष प्रदर्शन समेत गरिएको थियो ।

विद्यालयको डाइरेक्टर मनुु पन्धाकको अध्यक्षतामा तथा आइकेयर मार्टका फाउण्डर पासाङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय समाजसेवी, अभिभावक र विद्यार्थी लगायत मार्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

(तस्वीरः सुसन राइ)

 

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;