दमकको मानसरोवर सहकारीमा इजरायली राजदुत

 लिम्बुवान न्युज
                       

दमक। नेपालका लागि इजरायलका राजदुत हानान गोडरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताएका छन् ।

झापाको दमक ३ मा सञ्चालित मान सरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज यहाँ अवलोकन गर्दे राजदुत गोडरले कृषि क्षेत्रवाट देशलाई आर्थिक रुपान्तरण गर्न प्रशस्त संभावना भएको र त्यसमा जोड दिनुपर्ने उल्लेख गरे ।

सहकारी संस्थाले आधुनिक तवरबाट खेती गरेको भन्दै प्रशंसा गर्दे उनले भने ,–‘इजरायलमा ७० बर्ष अघिसम्म खाद्यान्नको अभाव रहेको र हाल आएर निर्यात समेत गर्न सक्ने भएको छ ।’

त्यसक्रममा राजदुत गोडरले कृषि खेतीका बारेमा सहकारी संस्थाका सञ्चालकहरुसंग अन्तरकृया समेत गरेका सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले वताए । सो सहकारीले नेपाल सरकारको अनुदानबाट अर्गानिक कृषि उत्पादन र वजारीकरण गरिआएको छ ।

अवलोकन भ्रमणमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाई झापाका प्रमुख रविन्द्र सुवेदी, कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह लगायतले कृषिको आधुनिकरणमा अर्गानिक उत्पादनको आवश्यकता भएकाले सवैले यसमा जोड दिनसके कृषि क्षेत्रमा रोजगारीको अवस्था वन्दै जाने उल्लेख गरेका थिए ।

सम्बन्धित समाचार

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...

देशभर मनसुनी वायु प्रभाव यथावतः आज कहाँ–कहाँ पानी पर्छ ?

ललितपुर, १७ असोज । देशभर मनुसनी वायु प्रभाव अझै यथावत रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशको सात वटै प्रदेशहरुमा साधारणतया मौसम बदली रहने जनाएको...