सबैको समस्याको मुख्य जड केपी ओली नै हो–माधव नेपाल

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

बुधबारदेखि संचालति दुई दिने आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजनमण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए । ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उनले भने ।

ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थसिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भने ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्नुभयो ।’

ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए । ‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपव्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो’ नेता नेपालले भने ।

सोही भेलालाई सम्बोधन गर्दै अर्का बरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जन गर्ने दुष्प्रयास गरेको आरोप लगाए । बरिष्ठ नेता खनालले सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढनुपर्नेमा जथाभावी निर्णय गरेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...