ताप्लेजुङ नाङखोल्याङमा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल पाथीभरायाङवरक गाउँपालिकाको वडा नं. १ नाङखोल्याङमा वडा समिति गठन भएको छ ।

बिहीबार मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङको प्रमुख आतिथ्यतामा केवल प्रसाद मादेनको अध्यक्षतामा उक्त समिति गठन भएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षहरुमा ख्याम गुरुङ, कुमार मेन्याङबो, विरेन्द्र खिम्दिङ रहेका छन् भने सचिवमा पूर्ण खिम्दिङ लिम्बु, सहसचिवमा हेमन्त प्रकाश खिम्दिङ, अर्थसचिवमा भुवानी प्रसाद कन्दङवा, सहअर्थसचिवमा सुजन खिम्दिङ रहनुभएको छ भने ३० सदस्यीय वडा कार्य समिति गठन भएको हो ।

उक्त वडा समिति गठन कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपालका सचिवाल सदस्य जुझारी महिला नेत्री रिता मादेनको समिति उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...