ताप्लेजुङ नाङखोल्याङमा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल पाथीभरायाङवरक गाउँपालिकाको वडा नं. १ नाङखोल्याङमा वडा समिति गठन भएको छ ।

बिहीबार मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङको प्रमुख आतिथ्यतामा केवल प्रसाद मादेनको अध्यक्षतामा उक्त समिति गठन भएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षहरुमा ख्याम गुरुङ, कुमार मेन्याङबो, विरेन्द्र खिम्दिङ रहेका छन् भने सचिवमा पूर्ण खिम्दिङ लिम्बु, सहसचिवमा हेमन्त प्रकाश खिम्दिङ, अर्थसचिवमा भुवानी प्रसाद कन्दङवा, सहअर्थसचिवमा सुजन खिम्दिङ रहनुभएको छ भने ३० सदस्यीय वडा कार्य समिति गठन भएको हो ।

उक्त वडा समिति गठन कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपालका सचिवाल सदस्य जुझारी महिला नेत्री रिता मादेनको समिति उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...