तामाङ घेदुङको दमक अध्यक्षमा दुर्गा ब्लोन

 लिम्बुवान न्युज
                       

दमक। नेपाल तामाङ् घेदुङ दमक नगर समितिको अधिवेशन सम्पन्न भएको हो । आव दमकको किरात भवनमा सम्पन्न सातौं नगर अधिवेशनले दुर्गा ब्लोन तामाङको अध्यक्षतमा नयाँ कार्य समिति गठन भएको हो ।

सर्व सहमतिमा गठित समितिको उपाध्यक्षद्वयमा सरिता तामाङ् र सनक गोले त्यसैगरी सचिवमा रीता तामाङ्, सह–सचिवमा पुकार तामाङ्, कोषाध्यक्ष रविना वाइवा निर्वाचित भएका छन् भने सदस्यहरुमा सोभित तामाङ, सन्दिप तामाङ, प्रेम तामाङ, सुक्रराज तामाङ, सोनु गोले, राजकुमार पाख्रिन, मनोज तामाङ् रहनुभएको छ ।

यसैगरी आजै भएको बौद्ध मुक्तिघाट समाधी स्थलको प्रथम अधिवेशनले नारायण तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गीता बम्जन, सचिवमा टेक बहादुर योञ्जन, सहसचिवमा मदन मोक्तान, कोषाध्यक्षमा धनमाया मोक्तान त्यसैगरी सदस्यहरुमा सोम बहादुर बम्जन, नर बहादुर पाख्रिन, जोनीदेव घलान, सोभित वाईवा, सीता सिङदान (बम्जन), शान्ता वल र मनोज योञ्जन निर्वाचित भएको निर्वाचन समिति संयोजक हरि लामाले बताए ।

निवर्तमान समितिका अध्यक्ष नरवीर गोम्देनद्वारा पेश गरिएको प्रतिवेदनलाई सर्वसहमतिमा अधिवेशनले पास गरेको थियो । कार्यक्रम अध्यक्ष गोम्देनको सभाध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन भने सचिव शर्मिला योञ्जनले गरेकि थिइन् ।

 

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...