तामाङ घेदुङको दमक अध्यक्षमा दुर्गा ब्लोन

 लिम्बुवान न्युज
                       

दमक। नेपाल तामाङ् घेदुङ दमक नगर समितिको अधिवेशन सम्पन्न भएको हो । आव दमकको किरात भवनमा सम्पन्न सातौं नगर अधिवेशनले दुर्गा ब्लोन तामाङको अध्यक्षतमा नयाँ कार्य समिति गठन भएको हो ।

सर्व सहमतिमा गठित समितिको उपाध्यक्षद्वयमा सरिता तामाङ् र सनक गोले त्यसैगरी सचिवमा रीता तामाङ्, सह–सचिवमा पुकार तामाङ्, कोषाध्यक्ष रविना वाइवा निर्वाचित भएका छन् भने सदस्यहरुमा सोभित तामाङ, सन्दिप तामाङ, प्रेम तामाङ, सुक्रराज तामाङ, सोनु गोले, राजकुमार पाख्रिन, मनोज तामाङ् रहनुभएको छ ।

यसैगरी आजै भएको बौद्ध मुक्तिघाट समाधी स्थलको प्रथम अधिवेशनले नारायण तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गीता बम्जन, सचिवमा टेक बहादुर योञ्जन, सहसचिवमा मदन मोक्तान, कोषाध्यक्षमा धनमाया मोक्तान त्यसैगरी सदस्यहरुमा सोम बहादुर बम्जन, नर बहादुर पाख्रिन, जोनीदेव घलान, सोभित वाईवा, सीता सिङदान (बम्जन), शान्ता वल र मनोज योञ्जन निर्वाचित भएको निर्वाचन समिति संयोजक हरि लामाले बताए ।

निवर्तमान समितिका अध्यक्ष नरवीर गोम्देनद्वारा पेश गरिएको प्रतिवेदनलाई सर्वसहमतिमा अधिवेशनले पास गरेको थियो । कार्यक्रम अध्यक्ष गोम्देनको सभाध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन भने सचिव शर्मिला योञ्जनले गरेकि थिइन् ।

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...