पान्थरमा तीन पेशागत पत्रकार संगठनको सहकार्य

 लिम्बुवान न्युज
                       

फिदिम। आउँदाे चैत्र २५ गते हुन लागेको नेपाल पत्रकार महासंघ पान्थरकाे अधिवेशनमा पान्थर जिल्लाका ३ पेशागत पत्रकार संगठनहरुले एकताबद्ध भई सहकार्य गर्ने भएका छन् । शुक्रबार बसेको ३ पत्रकार संगठनहरुले एकताबद्ध भई सहकार्य गर्ने निर्णय गरेका हुन ।

नेपाल प्रेस युनियन पाँचथरको कार्यालयमा बसेको बैठकले नेपाल प्रेस युनियन, संघीय पत्रकार मञ्च र प्रेस मञ्च नेपालले पत्रकार महासंघको अधिवेशनमा एकताबद्ध भई सहकार्य गर्ने निर्णय गरेका हुन । साथै बैठकले महासंघको अधिवेशनमा अन्य पेशागत पत्रकार संगठनहरुलाई एकतावद्ध हुन आब्हान गरेको छ ।

बैठकपछि संयुक्त प्रेश विज्ञप्ती जारि गर्दै अन्य संगठनहरुलाई एकतावद्ध हुन आब्हान गरेको हो । संयुक्त प्रेश विज्ञप्तीमा नेपाल प्रेस युनियनको तर्फबाट नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारी, संवाद तथा समन्वय समितिका संयोजक एकराज भण्डारी, संघीय पत्रकार मञ्च पाँचथरका सचिव उपेन्द्र येक्तेन र प्रेस मञ्च नेपालका प्रदेश १ का सदस्य युद्धबहादुर बोहोराको हस्ताक्षर रहेको छ । नेपाल पत्रकार महासंघको आगामि चैत्र २५ गते केन्द्रसँगै ७७ वटै जिल्लामा एकैदिन अधिवेशन हुने वताइएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...