लिवि मञ्चले मनायो २३औं स्थापना दिवस

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। लिम्बु विद्यार्थीको हकहितको निम्ति स्थापना गरिएको लिम्बु विद्यार्थी मञ्चले आफ्नो २३औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । शनिबार मञ्चको केन्द्रीय समितिले ललितपुर चुम्लुङ हिममा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा लोकसागर साम्बा, यासेली योङहाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्झना लिङ्देन, माङसेबुङ वडा नं. ५ का लिम्बु भाषाका दोभाषे सुनिल शेर्मा लगायतलाई सम्मान गरिएको थियो । लिवि मञ्चका अध्यक्ष दिपा लक्समको अध्यक्षता रहेको कार्यक्रमलाई महासचिव गुल्सन आङबुहाङले संचालन गरेका थिए ।

त्यसैगरी धरानको चुम्लुङ हिममा समेत कार्यक्रम भएको छ भने झापाको दमक, मोरङको पथरी, पान्थरको चुम्लुङहिम, इलाम, ताप्लेजुङ, तेह्रथुम लगायतका लिम्बुवानको सबै जिल्लाहरुमा २३औं स्थापना दिवसको अवसरमा लिम्बुवानमा लिम्बु विद्यार्थीहरुको भूमिका बारे अन्तरक्रियात्मक कार्यक्रम समेत भएको मञ्चका महासचिव गुल्सन आङबुहाङ्ले बताए ।

मञ्चको जिल्ला कार्य समिति सुनसरीलाई कार्यालय व्यवस्थापनको लागि कियाचु सुनसरीको भवनको एउटा कोठा उपलब्ध गराउने निर्णय समेत भएको छ । लिवि मञ्च सुनसरी समितिले अघिल्लो दिन विजयपुर दरबार परिसरमा सरसफाई गरि दिप प्रज्वलन समेत गरेको थियो ।
यसरी नै झापाको दमक बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा लोक सेवा तथा बैंकिङ सम्बन्धी अभिमुखिकरण सम्बन्धि तालिम विद्यार्थीहरुलाई प्रदान गरेको छ ।

लिम्बु विद्यार्थी मञ्चको स्थापना २०५५ साल चैत्र ६ गते स्थापना भएको हो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;