क्यान्सरपिडित कलाकार देउमान केरुङ सहयोगार्थ साँगीतिक साँझ हुने

 लिम्बुवान न्युज
                       

दमक। क्यान्सरपिडित कलाकार तथा संगीत व्यवसायी देउमान केरुङ सहयोगार्थ बृहत साँगीतिक साँझ हुने भएको छ ।

नयाँ बर्ष २०७८ बैशाख २५ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमल काठमाडौमा नेपालका करिब चार दर्जन बढी ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीमा उक्त साँगीतिक साँझ हुने भएको हो ।

जुनतारा सांस्कृतिक सेवा समाजको मुख्य आयोजनामा हुन लागेको उक्त कार्यक्रम बिशुद्व सहयोग सङ्कलनको लागि गर्न लागिएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक हाँस्यकलाकार गणेश इशाराले बताए ।

पाँचथरको फालेलुङ ३, एकत्तिन जोरपाटीमा २०२२ साउन ३२ गते लक्ष्मण केरुङ र सरानी पन्धाक केरुङको कोखबाट जन्मेका देउमान बिगत डेढ बर्ष देखि फोक्सोको क्यान्सरबाट पिडित छन् ।

करिब २० लाख बढी खर्च गरेर भारतको राजिव गान्धी अस्पतालमा फोक्सोको सफल शल्यक्रिया गरेको ६ महिना नबित्दै पुनः समस्या दोहोरिएको छ ।

हाल उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा नियमित परिक्षण गर्दै आएका छन् । मासिक करिब ७० हजार बढिको नियमित औषधी सेवन गर्नुपर्ने भएकोले उनी अत्यन्तै ठूलो आर्थिक संकटमा परेका छन् ।

आजीवन गीत संगीतको उत्पादन बजार प्रवर्द्धन गर्दै इना क्यासेट सेन्टरको प्रबन्धक समेत रहेका देउमान यतिखेर अत्यन्तै जटिल समस्यामा परेका छन् ।

यस्तो अवस्थामा पुनः थोरै थोरै भएपनी आर्थिक सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको संयोजकले बताए ।

एक श्रष्टा सदैब राष्ट्रको लागि योगदान दिएपनि अन्तमा अति कष्टकर जीवन गुजार्नुपर्ने बिडम्बना रहेकोले मानवियताको नाताले पनि सक्दो सहयोगको अपिल गर्दै कलाकारहरु एकजुट हुने उद्देश्यले समेत गर्न लागिएको सहयोगार्थ साँगीतिक साँझको लागि संयोजक इशारासँग प्रत्यक्ष ९८०८८५७६९३ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

भिडियो हेर्नुहोस – सहयाेगकाे अपिल सहित कलाकार -पार्वती राइ

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...