राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष रेशम चौधरीलगायत टीकापुर राजबन्दीहरुलाई रिहाईको माग

 लिम्बुवान न्युज
                       

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेशम चौधरीलगायत टीकापुर राजबन्दीहरुलाई रिहाइका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्ने बताएकी छन् । गत विहीबार थारु कल्याणकारिणी सभाको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएकी हुन् ।

‘ज्ञापन पत्र बुझाउन आउनुभएका यहाँ सबै जनालाई स्वगात गर्न चाहन्छु । मैले पनि यस विषयमा सनेको छु । यस विषयमा सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्नेछु,’ राष्ट्रपतिको भनाइ उदृत गर्दै सभाका महामन्त्री प्रेमीलाला चौधरीले भने ।

उनका अनुसार थारुका माग मुद्दा र टीकापुर घटनाका जेलबन्दीहरुलाई रिहाइ गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझाउन सभाका महामन्त्री प्रेमीलाल चौधरी, रुम्किणी चौधरी, सभाको उपत्यका समितिका सभापति सत्यनारायण चौधरी, सांसद पद्यनारायण चौधरी, एमाले नेता भगवती चौधरी, थारु महिला समाजका अध्यक्ष गीता चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायत थिए ।

सभाले माइतीघर मण्डलामा आइतबारदेखि नियमित धर्ना पनि सुरु गरेको छ । ‘प्रधानमन्त्रीजी तपाइँ कता? हामी यता’ भन्दै थारु अगुवाहरु माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

महामन्त्री चौधरीका अनुसार सरकारले रेशम चौधरीलाई रिहाइ नगरेसम्म धर्ना नियमित एक घण्टा आयोजना हुनेछ । सभाले हरेक दिन दिउँसो १ बजेदेखि २ बजेसम्म धर्नाको आयोजना गर्दै आएको छ । (थारुवानडटकमबाट)

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...