राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष रेशम चौधरीलगायत टीकापुर राजबन्दीहरुलाई रिहाईको माग

 लिम्बुवान न्युज
                       

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेशम चौधरीलगायत टीकापुर राजबन्दीहरुलाई रिहाइका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्ने बताएकी छन् । गत विहीबार थारु कल्याणकारिणी सभाको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएकी हुन् ।

‘ज्ञापन पत्र बुझाउन आउनुभएका यहाँ सबै जनालाई स्वगात गर्न चाहन्छु । मैले पनि यस विषयमा सनेको छु । यस विषयमा सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्नेछु,’ राष्ट्रपतिको भनाइ उदृत गर्दै सभाका महामन्त्री प्रेमीलाला चौधरीले भने ।

उनका अनुसार थारुका माग मुद्दा र टीकापुर घटनाका जेलबन्दीहरुलाई रिहाइ गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझाउन सभाका महामन्त्री प्रेमीलाल चौधरी, रुम्किणी चौधरी, सभाको उपत्यका समितिका सभापति सत्यनारायण चौधरी, सांसद पद्यनारायण चौधरी, एमाले नेता भगवती चौधरी, थारु महिला समाजका अध्यक्ष गीता चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायत थिए ।

सभाले माइतीघर मण्डलामा आइतबारदेखि नियमित धर्ना पनि सुरु गरेको छ । ‘प्रधानमन्त्रीजी तपाइँ कता? हामी यता’ भन्दै थारु अगुवाहरु माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

महामन्त्री चौधरीका अनुसार सरकारले रेशम चौधरीलाई रिहाइ नगरेसम्म धर्ना नियमित एक घण्टा आयोजना हुनेछ । सभाले हरेक दिन दिउँसो १ बजेदेखि २ बजेसम्म धर्नाको आयोजना गर्दै आएको छ । (थारुवानडटकमबाट)

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...