कवि तथा संचारकर्मी सन्देश सुब्बाका गजल कृति ‘सम्झनाको आँधी’ विमोचन

 लिम्बुवान न्युज
                       

काठमाडौं। पाँचथरका  कवि तथा संचारकर्मी सन्देश सुब्बाको गजल कृति ‘सम्झनाको आँधी’ विमोचन गरिएको छ ।

गजलकार ललितजंग रावल, लिम्बूवानका अभियन्ता वीर नेम्वाङ, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, कवि बिमला तुम्खेवा, लेखक प्रकाश आङ्देम्बे र शकुन्तला जोशीले आज चुम्लुङ हिमले ललितपुरमा संयुक्त रूपमा कृति विमोचन गरेका छन्।

 

शक्तिशाली भाव अभिव्यक्त गर्ने सुब्बाले सङ्ग्रहमा ६१ वटा गजल समावेश गरेका छन् । उनको यसअघि ‘आगोको सौन्दर्य’ कविता संग्रह प्रकाशन भएको छ । कार्यक्रममा कियाचुका पदाधिकारी एवं साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कवि तथा गजलकार सुब्बा आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का सचिव समेत हुन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...