लिम्बु कथामा आधारित चलचित्र थिमको छायाँङकन सम्पन्न

 लिम्बुवान न्युज
                       

फिदिम, ११ चैत्र। लिम्बू कथानक चलचित्र ‘थिम्’ (संस्कार)को छायाँकन सम्पन्न भएको छ । आइतबार अन्तिम छायाँकन गरिएको उक्त चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न स्थानमा छायाँङकन गरिएको हो ।
याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित उक्त चलचित्र यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाले निर्माण गरेका छन् । सागर केरुङको लेखन रहेको उक्त चलचित्रलाई निर्देशक यलम्बर खम्बुले निर्देशन गरेका हुन् । मुख्य साहायक निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी छायाँङकन बिक्रम डिसिले गरेका छन् भने ड्रोन अपरेटर बिक्रम याम्फुको रहेको छ ।
यस चलचित्रका गीतहरुको नृत्य निर्देशक दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ रहेका छन् । नृत्य बरदान संगीतालयका कलाकारहरुको रहेको छ । सागर केरुङद्वारा रचित गीतमा संगीत बुद्धराज लिम्बूले भरेका छन् भने मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे लगायत कलाकारहरुको स्वर सुन्न सकिनेछ । यसरी नै शृङ्गारमा सन्तोस रिजाल, प्रकाशमा मिलन खड्का र ब्यवस्थापनमा सुबास केरुङ नुनाम रहेका छन ।
पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाँङकन भएको चलचित्रमा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।
करिव ३० लाख लगानीमा निर्माण भएको उक्त चलचित्र थिम् आगामी सिसेक्पा तङनाम (साउने सक्रान्ती) सम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।
लिम्बू जाती पुर्वी नेपालको लिम्बुवानमा परापूर्वकालदेखी नै बसोबास गर्दै आएको एक आदिम जाति हो । मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातीहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । यसर्थ लिम्बू जातीहरु यो भूमिको आदिम जाती र भुमिपूत्र हुन् भन्ने कुराको पुष्टि हुन्छ । आफ्नै जातिय थिम् (संस्कार), धर्म, कर्मकाण्ड र रितिरिवाजहरु छन् । जन्म थिम्, मृत्यु थिम्, विहाह थिम्, लगायत धेरै थिम्(संस्कार)हरुले लिम्बू समुदायलाइ सुन्दर र सभ्य बनाएको छ ।
मानव उत्पत्ति र विकास सँगसँगै विभिन्न थिम्हरुको विकास हुँदै आएको पाइन्छ । उनाहुरीकालमा मानव वस्तिहरु धेरै पातलो थियो । घना जंगल र हिङ्स्रक जनावरहरु मात्र हुन्थे । त्यतिबेला एक वस्तिदेखी अर्को वस्तिसम्म पुर्याउने कुनै सुचना सञ्चारका माध्यमहरु थिएनन् ।
मृत्यु संस्कार, विहाह संस्कार जस्ता थिम्हरु एकले अर्कालाई आमन्त्रण गर्न मुकुम्से? (काइँजलको फल) पड्काउने, बाँसको ढुँग्रोमा पानी लगाएर पोलेर पड्काउने गर्दथ्ये । जोडि पड्के सुभ संकेत र बिजोडि पड्के असुभ संकेत भएको बुझेर मान्छेहरु जम्मा हुन्थे । युगको उत्तरार्धमा आइपुग्दा पड्किने विभिन्न सामग्रीहरु बन्न थाले । लिम्बू समुदायले युगसापेक्ष ती सामग्रीहरुलाई मृत्यु र विवाहमा ध्वनिको रुपमा प्रयोग गर्न थाले । ठूलो आवाजमा पड्किने सामग्री बन्दुक नै भेटियो र बन्दुक पड्काउने थिम् रहन गयो । लिम्बूहरुले मृत्युमा एउटा र विवाहमा जोड नाल बन्दुक पड्काउँछन ।
यसरी नै हजारौं बर्ष अगाडिदेखि लिम्बू समुदायले उपयोग गर्दै आएको बन्दुक नेपालको संसोधित मुलुकी ऐन २०७४, नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२९ को धारा १ ‘क’ र ‘ग’ र उपधारा २ जस्ता ऐनहरुको ब्यवस्था गरि लिम्बू जातिको जीवनमाथी कुठाराघात गरिएको छ ।
लिम्बू समुदायको यहि वास्तविक जीवनशैलीलाई श्रब्य दृश्यको सहायतामा चलचित्र “थिम्” (संस्कार) मार्फत प्रस्तुत गर्न खोजिएको यस चलचित्रका लेखक सागर केरुङ् बताउँछन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;