फाल्गुनन्दकाे सुलुम्फिमा ट्याक्सी दुर्घटना, एक गम्भीर घाइते

 लिम्बुवान न्युज
                       

पाँचथर। पञ्चमी-यासोक सडक खण्ड अन्तर्गत फाल्गुनन्द ५ को सुलुम्फिमा बुधबार ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा इलाम फाकफोकथुम( ७,निवासी डम्बर बहादुर ईम्सुहाङका छोरा अन्दाजी वर्ष २२ का पदम ईम्सुहाङ रहेका छन् ।

मे १ ज ४१६ नम्बरको ट्याक्सी यासोकबाट दमक जाने क्रममा विहान करिब ९स्३० बजे विहान उकालो बाटोमा ब्रेक फेल भइ पछाडी बग्दा सडकमा पल्टिएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज रामनारायण माझीले जानकारी दिए ।

घाइतेलाई घुर्बिसेमा रहेको फाक्तेप स्वास्थ्य चौकीमा प्राथमिकता उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको उनले बताए ।
गाडीमा सवार अन्य यात्रीको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...