स्वर्णलक्ष्मी सहकारीको १२औं स्थापना दिवस, दमक ६ मा बनेको नयाँ भवन उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक,११ चैत । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले छोटो समयमानै नेपालको सहकारी अभियान उचाईमा पुगेको वताएका छन् ।
दमक ६ स्थित बेलडाँगीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बुधबार यहाँ भवन उद्घाटन गर्दे उनले देशको सहकारी अभियान छोटो समयमानै नयाँ उचाईमा पुगेको दावी गरे ।

देशको ६४ बर्षे लामो सहकारी अभियान देशैभरि तीव्र रुपमा विस्तार हुदै गएको उनको भनाई छ ।देशको बिकास र समृद्धि अभियानमा सहकारीको संघसंस्थाहरुको योगदान विना संभव नहुने उल्लेख गर्दे अध्यक्ष कँडेलले भने,–‘ देशलाई चौतर्फी विकासमा लैजान पनि छरिएर रहेका सवै सहकारी क्षेत्रलाई हातेमालो गरि अघि बढ्न जरुरी छ । ’

२०४६ सालको राजनीतिक परिवर्तन पछि देशमा सहकारी क्षेत्र फ्रष्टयाँउदै गएको वताउदै उनले पछिल्ला समय झापा देशकै उत्कृष्ठ सहकारीको गन्तव्यका रुपमा विकास हुदैगएको समेत वताए ।

संस्थाले आफनो १२ औ स्थापना दिवसका अवसर पारेर नवनिर्मीत भवनको उद्घाटनसहित निशुल्क स्वास्थ्य परीक्षण ,रक्तदान कार्यक्रम गरिएको व्यवस्थापक कमल घिमीरेले वताए । तीन तले सहकारीको सो व्यवसायिक भवनको लागत २ करोड ५१ लाख रहेको उनले वताए । गत असारमा नयाँ भवनबाट कार्यालय सञ्चालनमा रहेको थियो । त्यस अवसरमा संस्थाले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य तथा कर्मचारीहरुलाई समेत पुरस्कृत गरेको थियो ।

त्यस्तै संस्थाले आफना सदस्यका लागि कारोवारमा सहज पुरयाँउन मोवाईल बैकिंङ समेत शुरुवात गरेको उनले वताए । मोवाईल बैकिङ सेवाको शुरुवात कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए । सहकारीका अध्यक्ष रबि केसीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोख्रेल, दमक नगर प्रमुख रोमनाथ ओली लगायतका सहकारी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यस्तै, सहकारीले हिजो मंगलवारदेखि जिल्लाको शिवसताक्षीस्थित झिलझिले र पूर्वी मोरङको उर्लावारीमा एकैसाथ सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

बचतकर्तासहित कर्मचारीहरु सम्मानित

संस्थाले बालबचत तर्फ पाँच जना बचतकर्तासहित उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरेको छ । जसअन्तर्गत बाल बचतमा युन्छोहाङ आङदेम्बे, आदेश दाहाल, संमकल्प घिमीरे,अंकित अग्रवाल, प्रकृति सिलवाल तथा विभिन्न विद्यामा उत्कृष्ठ कारोवार गर्ने ३० जना सदस्यलाई सम्मान गरियो ।

उत्कृष्ठ सुपर लखपती बचततर्फ गीता चापागाई, एक बर्षे उत्कृष्ठ नियमित बचतकर्तामा विन्दा अधिकारी रिजाल, पाँच बर्सेतर्फ तोया रेग्मी, तीन बर्सेतर्फ कृष्णमोहन साह, सुपर आवधिक बचतमा रामकृष्ण श्रेष्ठ, आवधिक बचतमा कविता सुब्बा र २४ जना उत्कृष्ठ कारोवार गर्ने सदस्यलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ठ कर्मचारीतर्फ प्रशासनकी मैया राई

त्यस्तै उत्कृष्ठ कर्मचारीतर्फ प्रशासनकी मैया राई, हिरोअफ द स्वर्णलक्ष्मीवाट लेखा सहायक अधिकृत गायत्रा ढकाल र कर्मचारीतर्फ इस्कोर अफ द फ्रष्टरनर अपवाट विनोद घिमीरे, सेकेन्ड रनरअप गणेश भट्टराई, स्कोरर अफ दि यरवाट कल गड्तौला नगद, प्रमाणपत्रसहित पुरस्कृत भए ।

१४८ जनाको स्वास्थ्य परीक्षण

संस्थाले स्थापना दिवसका अवसरमा विभिन्न स्वास्थ्य संस्थाहरुको समन्वयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा १४८ जनाको परीक्षण गरिएको छ । व्यवस्थापक घिमीरेका अनुसार आखाँतर्फ ९८ जना,दन्ततर्फ ३० जना र २० जनाले फिजिसियन चिकित्सकवाट सेवा पाएका थिए । त्यस्तै, त्यस अवसरमा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन भएको थियो ।

१ अर्व १३ करोड बढी कारोवार

सहकारीले फागुन मसान्तसम्म कुल कारोवार १ अर्व १३ करोड बढी पुरयाँएको छ ।त्यस अवधिमा शेयर पूंजी ९ करोड बढी, बचत निक्षेप करिव ६३ करोड,ऋण ८० करोड बढी गर्न सफल भएको व्यवस्थापक घिमीरे जनाए । हालसम्म शेयर सदस्यको संख्या ५७९६ पुगेको छ ।

(तस्वीरः विष्णु सुब्बा)

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...