जनमुक्ति एउटा – विश्व बिद्यालय !
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
लिम्बुवानखबर, चैत्र ११। कोरोना भाइरस (कोभिड–१९)संक्रमणको दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ ।
गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मन्त्रालयले केही दिन अगाडि नै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो ।
संक्रमणको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन परिपत्र गरेको जनाएको छ । ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन विज्ञप्ति सार्वजनिक गरे लगत्तै गृहमन्त्रालयले चैत ९ गते नै ७७ जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो’, प्रवक्ता बुढाले भने ।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गोष्ठी, भेला, सम्मेलन नगर्न अनुरोध गर्दै आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि नै सरकारले लकडाउन गरेको थियो ।
कोरोना संक्रमणको त्रास सुरु भएको एक वर्षपछि पुनः संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
यसैगरी झापा जिल्ला प्रशानले पनि एक विज्ञप्ति जारी गर्दै सावुन पानीले हात धुने, सेनीटाइजरको प्रमुख गर्ने र माक्स लगाउँदै स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला बासी सबैलाई अनुरोध गरेको छ ।

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...
दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...
ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...