खुवालुङ् फुटाइए चुप लागेर नबस्ने लिम्बुवान भोलेन्टियर्सको चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सरकारले खुवालुङ् फुटाउने कुचेष्टा गरेर चुप लागेर नबस्ने बताएको छ । पूर्व लिम्बुवान र किरात(खम्बुवान)को सिमानामा रहेको खुवालुङ् किरात सभ्यता भएको भन्दै भोलेन्टियर्सले सरकारको कदमको घोर भत्र्सना गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक पार्टीको कार्यक्रममा दुधकोशी, अरुण र तमोर नदीको संगम स्थलमा रहेको खुवालुङलाई फूटाएर पानी जहाज चलाउने उद्घोष गरेसँगै त्यसको विरोध गर्र्दै पूर्वका किरात सभ्यता र संस्कृतिमा आस्था राख्ने विभिन्न जातीय संघ संस्था र आदिवासी जनजाति साहित्यकार महासंघ, जसपा र जनमुक्ति पार्टीले त्यसको विरोध जनाएको थियो ।

भोलेन्टियर्सका केन्द्रीय कार्यवहाक कमाण्डर राजु राईद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत लिम्बुवान र किरात (खम्बुवान)को साझा मुटु खुवालुङ् माथि नश्लवादी राज्यसत्ताले राजनीति गर्न खोजेको आरोप लगाउँदै मञ्च मातहतको युवा शक्ति लिम्बुवान भोलेन्टियर्सले भत्र्सना गरेको हो ।

राज्यले कथमकदाचित खुवालुङलाई छुने मात्रै चेष्टा गरेमा भोलेन्टियर्स जस्तोसुकै कदम उठाउन बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

यतिवेला एकाएक खुवालुङको चर्चा चुलिएसँगै राजनीति कर्मी, पत्रकार, अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधिहरु सो क्षेत्रमा दिनका दिन जान थालेको स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;