देउमाइका दुवै मृगौला पिढीत दिपक लिम्बुलाई रकम हस्तान्तरण

 लिम्बुवान न्युज
                       

इलाम। इलामको देउमाइनगर वडा नं. ५ का दुवै मृगौला पिढीत दिपक लिम्बुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । दुवै मृगौलाले काम गर्न नसकेपछि हाल विभिन्न अस्पतालहरुमा उपचार गरिरहेका लिम्बुलाई वडाध्यक्ष दिलीप कार्कीको हातबाट रकम दिइएको हो ।

प्रवासमा रहेका इलामका आफन्त एवं शुभचिन्तकहरुले “दिपक लिम्बु वचाउ अभियान” मार्फत नेपाल लगायत विभिन्न देशहरुबाट रकम संकलन गरेका थिए । यस अभियानका अभियन्ता विष्णु फियाकको अगुवाईमा १ लाख ६१ हजार अडचालिस रुपैयाँ, महेन्द्र कार्कीको नेतृत्वमा दक्षिण कोरियाबाट ७२ हजार ७ सय, तारा चापागाईको नेतृत्वबाट ३८ हजार ६ सय, गणेश लुईटेलको नेतृत्वबाट २६ हजार ४ सय, केशव कुjरको नेतृत्वबाट २३ हजार ७ सय, होम फियाकको नेतृत्वमा २२ हजार ८ सय र धिरेन पोर्तेलको नेतृत्वमा २० हजार ९ सय रुयैयाँ रकम विरामीको आफन्तलाई हन्तान्तरण गरिएको थियो ।

आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका लिम्बुको उपचारमा हालसम्म ८ लाख रुपैयाँ खर्च भईसकेको उनका आफन्तले बताएका छन् ।

श्रीमती र एक छोरी रहेका लिम्बुको उपचारमा अझैं लाखौं रुपैयाँ लाग्ने बताईएको छ । विरामीको परिवारले देश विदेशबाट सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद दिएका छन् । विरामीको विभिन्न अस्पतालहरूमा उपचार गरि  हाल विराटनगरकाे नाेवल अस्पतालमा उपचार भइरहेकाे आफन्त राजन बाबु सुब्बाले जनाएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...