प्रदेश १ मा मन्त्री परिषद विस्तार, आङ्बो गए आङ्बुहाङ् आए

,   लिम्बुवान न्युज
                       

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद बिस्तार गरेका छन् । मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषदमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर तथा विस्तार गरेका हुन् ।

विस्तारसँगै प्रदेश १ को मन्त्रिपरिषद् नौं सदस्यीय बनेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर र केही नयाँ विस्तार गर्दै मुख्यमन्त्री राईले ताप्लेजुङ्गका टंक आङ्बुहाङ्ग लिम्बुलाई आर्थिक मामिला तथा योजना मन्त्री, इलामका रामबहादुर मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राईलाई सामाजिक विकास मन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरे । यसैगरी मोरङका राजकुमार ओझालाई उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र उदयपुरकी कला घलेलाई भूमि व्यवस्था कृषि तथा सहकारी राजयमन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शपथ गराइएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईले शपथ गराएका छन् ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पदोन्नति गर्दै मन्त्री नियुक्त गरे भने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई पनि पदोन्नति गरी सोही मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिए ।

मुख्यमन्त्री राईले मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्नुभएका टंक आङ्बुहाङ्गलाई यस अघि माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङ्बोले सम्हालेको मन्त्रालय जिम्मा दिएका छन् । यस्तै नेकपा एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गरेकी उषाकला राइलार्ई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।

यसैगरी यस अघि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी पछि फिर्ता लिएकी कला घले र माधव नेपाल समूह छोडेर मुख्यमन्त्रीलाई साथ दिएका राजकुमार ओझालाई उनले राज्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;