प्रदेश १ मा मन्त्री परिषद विस्तार, आङ्बो गए आङ्बुहाङ् आए

 लिम्बुवान न्युज
                       

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद बिस्तार गरेका छन् । मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषदमा मन्त्रीहरुको जिम्मेवारी हेरफेर तथा विस्तार गरेका हुन् ।

विस्तारसँगै प्रदेश १ को मन्त्रिपरिषद् नौं सदस्यीय बनेको छ । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर र केही नयाँ विस्तार गर्दै मुख्यमन्त्री राईले ताप्लेजुङ्गका टंक आङ्बुहाङ्ग लिम्बुलाई आर्थिक मामिला तथा योजना मन्त्री, इलामका रामबहादुर मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राईलाई सामाजिक विकास मन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरे । यसैगरी मोरङका राजकुमार ओझालाई उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र उदयपुरकी कला घलेलाई भूमि व्यवस्था कृषि तथा सहकारी राजयमन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शपथ गराइएको छ । मन्त्रीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईले शपथ गराएका छन् ।

मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पदोन्नति गर्दै मन्त्री नियुक्त गरे भने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई पनि पदोन्नति गरी सोही मन्त्रालयको मन्त्रीको जिम्मेवारी दिए ।

मुख्यमन्त्री राईले मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्नुभएका टंक आङ्बुहाङ्गलाई यस अघि माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङ्बोले सम्हालेको मन्त्रालय जिम्मा दिएका छन् । यस्तै नेकपा एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गरेकी उषाकला राइलार्ई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।

यसैगरी यस अघि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी पछि फिर्ता लिएकी कला घले र माधव नेपाल समूह छोडेर मुख्यमन्त्रीलाई साथ दिएका राजकुमार ओझालाई उनले राज्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै आ–आफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;