डाँफे बचत तथा ऋण सहकारीमा दुई सहकारी समायोजन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। दमक ५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थासँग बिर्तामोडका दुई वटा सहकारी एकीकरण गरिएको छ । विर्तामोड ४ मा सञ्चालित अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड ५ मा सञ्चालित त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्थाले डाँफेसंग एकीकरण गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा बुधबार बिर्तामोडमा आयोजित एकीकरण घोषणा गरिएको हो । सहकारीहरुबीचको एकीकरणले ‘सिनर्जी’ पैदा गरिरहेको बताउँदै अध्यक्ष कडेलले सदस्यको चौतर्फी आवश्यकता सम्बोधन गर्न एकीकरणको विकल्प नरहेको प्रष्ट पारे ।

सहकारीहरुको एकीकरण विश्वव्यापी अभ्यास भएको पनि कडेलले उदाहरणसहित जानकारी गराए । तीनवटै संस्थाका अध्यक्षले सहकारी एकीकरण वर्तमानको आवश्यकता भएको बताए । एकीकरण पछि डाँफे साकोस नै नामाकरण गरिने सहमति भएको डाँफे शाकोस संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले बताए ।

उनले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट एकीकरणको स्वीकृति लिएर कारोबार पनि एकीकृत हुन थालेको घोषणासभामा जानकारी गराए । २०६४ सालमा स्थापना गरिएको जिल्लाभर कार्यक्षेत्र स्वीकृत रहेको डाँफे साकोसको दमकमा मुख्य कार्यालय छ भने गौरादह, धरमपुर र बुद्धशान्तिमा यसअघिदेखि सेवा केन्द्र सञ्चालनमा आएका थिए ।

बिर्तामोडका दुईवटा सहकारीहरुसँग एकैपटक एकीकरण गरेसँगै यहाँ पनि सेवा केन्द्र थालिएको जानकारी गराउँदै अध्यक्ष न्यौपानेले अब संस्थामा ६ हजार हाराहारी शेयर सदस्य पुगेको बताए । ‘डाँफे एक्लैको ५५ करोड २९ लाखको वासलात थियो’ अध्यक्ष न्यौपानेले थपे ‘त्रिशक्तिको २ करोड हाराहारी र अरनिकोको १ करोड ४५ लाख थपिएपछि अब ६० करोड हाराहारीको वासलात पुगेको छ ।’

संस्था एकीकरण घोषणा समारोहमा त्रिशक्ति बहुउद्दश्यीय सहकारीका अध्यक्ष देवीप्रसाद भट्टराईले शेयर सदस्यको वित्तीय आवश्यकता पूरा गर्न र सुनिश्चित भविष्यको लागि डाँफेसँग एकीकरण गरेको बताए ।

यस्तै अरनिको साकोसका अध्यक्ष रोहित भट्टराईले ‘सहकारी आन्दोलनलाई थप सशक्त एवम् गतिशील बनाउन वर्तमानमा रहेका सानो वित्तीय सेवा गर्ने सहकारीहरु एकीकरण गर्नु नै उत्तम विकल्प भएको सञ्चालक समितिको निश्कर्ष पछि आजको दिन आएको’ प्रष्ट पारे ।

डाँफे सहकारीका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौला, राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगाल लगायतले सहकारी एकीकरणको आवश्यकता र सार्थकताका बारेमा बोलेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;