रेशम चौधरीद्वारा आफू वार्ता टोलीको संयोजक नभएको स्पष्टोक्ति

 लिम्बुवान न्युज
                       

काठमाडौं। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले आफू वार्ता टोलीको संयोजक नभएको स्पष्ट पारेका छन् । हिजो मात्र थरुहट थारुवान राष्ट्रिय मोर्चाले उनकै संयोजकत्वमा पाँच सदस्य वार्ता टोली गठन भएको समाचार बाहिर आएसँगै उनले मेरो बारे मिथ्या समाचार प्रकाशन नगरिदिन अपिल समेत गरेका छन् ।

चौधरीले आफू जसपाको कार्यकारिणी सदस्य भएको बताउँदै मेरो अध्यक्ष महन्त ठाकुर हुनुहुन्छ । हाम्रा माग र मुद्दाहरुका निमित्त पार्टीमा अध्यक्षले नै कार्यदल बनाउने भएको हूादा यो मोर्चाको आफू कुनै पदमा नरहेको स्पष्ट पार्दै जेलमा रहेका मान्छेको दुःख पीडा आफ्नै हुने बताएका छन् । साथै राजवन्दी चौधरीले जेलमा बसेर संयोजक बन्न नमिल्ने भन्दै मेरोबारेमा भ्रम फैलाउन बन्द गर्न पनि आव्हान गरेका छन् ।

निलम्बि सांसद चौधरीको रिहाइको माग गर्दै काठमाडौं माइतीघर मण्डलामा धर्ना बसिरहेको मोर्चाले धर्ना दिई आइरहेको छ । उक्त धर्नामा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेपछि कैलालीको हसुलियामा थारुवान–थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा बसेको राजबन्दी परिवारको बैठकले उक्त वार्ता टोली गठन गरेको खबर बाहिर आएको थियो ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर गर्दै राज्यले हाल जेलमा राखेको छ । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...