रेशम चौधरीद्वारा आफू वार्ता टोलीको संयोजक नभएको स्पष्टोक्ति

 लिम्बुवान न्युज
                       

काठमाडौं। जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले आफू वार्ता टोलीको संयोजक नभएको स्पष्ट पारेका छन् । हिजो मात्र थरुहट थारुवान राष्ट्रिय मोर्चाले उनकै संयोजकत्वमा पाँच सदस्य वार्ता टोली गठन भएको समाचार बाहिर आएसँगै उनले मेरो बारे मिथ्या समाचार प्रकाशन नगरिदिन अपिल समेत गरेका छन् ।

चौधरीले आफू जसपाको कार्यकारिणी सदस्य भएको बताउँदै मेरो अध्यक्ष महन्त ठाकुर हुनुहुन्छ । हाम्रा माग र मुद्दाहरुका निमित्त पार्टीमा अध्यक्षले नै कार्यदल बनाउने भएको हूादा यो मोर्चाको आफू कुनै पदमा नरहेको स्पष्ट पार्दै जेलमा रहेका मान्छेको दुःख पीडा आफ्नै हुने बताएका छन् । साथै राजवन्दी चौधरीले जेलमा बसेर संयोजक बन्न नमिल्ने भन्दै मेरोबारेमा भ्रम फैलाउन बन्द गर्न पनि आव्हान गरेका छन् ।

निलम्बि सांसद चौधरीको रिहाइको माग गर्दै काठमाडौं माइतीघर मण्डलामा धर्ना बसिरहेको मोर्चाले धर्ना दिई आइरहेको छ । उक्त धर्नामा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेपछि कैलालीको हसुलियामा थारुवान–थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा बसेको राजबन्दी परिवारको बैठकले उक्त वार्ता टोली गठन गरेको खबर बाहिर आएको थियो ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर गर्दै राज्यले हाल जेलमा राखेको छ । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।

सम्बन्धित समाचार

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...

देशभर मनसुनी वायु प्रभाव यथावतः आज कहाँ–कहाँ पानी पर्छ ?

ललितपुर, १७ असोज । देशभर मनुसनी वायु प्रभाव अझै यथावत रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार शुक्रबार देशको सात वटै प्रदेशहरुमा साधारणतया मौसम बदली रहने जनाएको...