कमल १ मा लिम्बुवान मञ्चको संगठन विस्तार

 लिम्बुवान न्युज
                       

केर्खा, १४ चैत्र। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल कमल १ मा वार्ड गठन कमिटि गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को प्रमुख आतिथ्यतामा १ नम्बर वडामा समिति विस्तार भएको हो ।

प्रमुख अतिथि ज्ञानु इम्बूङले देशमा संघीयता बिना केहि सम्भव छैन । विभिन्न जात जातिहरुको पहिचान र अस्तित्व बचाई राख्न एक हुनु पर्ने जोड़ दिएका छन् । जब राज्यले शोषण गर्छ जनताहरु अप्ठेरोमा परिरहन्छ त्यसैले जनताहरु चुप लागेर बस्नु हुँदैन । हामी आदिवासी, दलित, मधेश, मुस्लिम, खस समुदायहरु २४० वर्ष देखि एकात्मक केन्द्रिकृत शासन सत्ताको पेलाईबाट पीडि़त छौ । त्यसैले हामी जनताको घरघरमा पुगेर पहिचानको बारेमा जनतालाई प्रष्ट बुझाउनु पर्ने बताएका छन् ।

कार्यक्रममा उपमहासचिब भानु भट्टराई, लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर राजु राई, पहिचान सदस्य सूर्य योक्पाङदेन, संघीय दलित शिल्पी मञ्च झापा जिल्ला अध्यक्ष गणेश भित्रीकोटीले संगठन बारे प्रष्ट पारेको छन् ।

लाहान सिंह लिम्बु्को अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षमा दिल बहादुर विक, सचिब कुमार लिम्बु, सह–सचिब शान्ति लिम्बु, अर्थसचिवमा मुना विक रहेका छन् । त्यसैगरी सदस्यहरुमा गीता विक, चक्र बहादुर विक, रहर बहादुर विक लगायत रहेका छन् । त्यसैगरी लिम्बुवान भोलेन्टियर्स पाईमेरी कमाण्डरमा दिनेश चौधरी चयन भएका छन् ।

कार्यक्रममा एल.भी. केन्द्रीय उपकमाण्डर तथा कमल इंचार्ज बसन्त राज योङहाङ, मञ्च जिल्ला सदस्य नरेंद्र लावती ,मञ्चका क्षेत्रीय सदस्य महेन्द्र विष्ट, एल.भी. उपफिल्ड कमाण्डर सन्तोष मेन्याङ्म्बो, उपफिल्ड कमाण्डर आस बहादुर केरुङ, कमल सह–सचिब निरुता साउदेन, सिनियर शिभिल कमाण्डर बिपिन राई, हर्क साउदेन, छत्र साउदेन लगायतको उपस्थित रहेको थियो ।

मञ्चको कमल गा.पा. अध्यक्ष अमर लिम्बुको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष लिला लिम्बुले गरेकी थिईन भने कार्यक्रम संचालन मञ्चका कमल सचिव विजेन्द्र मेन्याङ्म्बोले गरेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...