इटहरीमा १० मा लिम्बुवान मञ्च पुर्नगठन

 लिम्बुवान न्युज
                       

इटहरी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल इटहरी नगरको आयोजनामा इटहरी १० मा लिम्बुवान समितिको पुनर्गठन भएको छ । मञ्चका प्रान्तीय सचिव भुपेन्द्र सुन्दर लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले धनबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

शनिबार मञ्चको इटहरी उपमहानगर समितिको सभाहलमा सम्पन्न उक्त कार्यक्रमबाट विश्वकर्माको अध्यक्षतमा गठित समितिको उपाध्यक्ष खगेन्द्र लिम्बु, सचिव सानबिर लिबाङ, अर्थसचिव सुमित्रा लिम्बू, सह–सचिव बिक्रम लिम्बू चयन भएका छन् भने सदस्यहरुमा नरेन्द्र लिम्बू, भिमा नेम्बाङ लिम्बु, दिल कुमारी लिम्बु, मन्जु कुमारी लिम्बु र ज्ञान बहादुर लिम्बू रहेका छन् । कार्य समितिमा थप सदस्य आगामी बैठकले मनोयन गरेर लाने मञ्चका इटहरी उपमहानगरका का.वा. अध्यक्ष मनोहर थलङ्ले जनाएका छन् ।

उक्त पुर्नगठन कार्यक्रममा मञ्चका सचिवालय सदस्य रमेश गजमेर, पहिचान सदस्य नैनकुमार विश्वकर्मा, जिल्ला अध्यक्ष अमर इजम, जिल्ला नेता पदम खेबाहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सरेन्द्र लिम्बुको सभाध्यक्षता एवं सानवीर लिबाङले गरेका थिए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...