कियाचु दमकको दशौं अधिवेशन आगामी बैशाख १० गते हुँदै

 लिम्बुवान न्युज
                       

दमक, १५ चैत्र। लिम्बू समुदायको प्रतिनिधित्व गर्दै आएको संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दशौ अधिबेशन आगामी बैशाख १० गते हुने भएको छ ।

गत शुक्रबार बसेको चुम्लुङ दमक नगर समितिकोे बैठकले अधिबेशनको मिति तय गर्दै अधिवेशनका लागि आवश्यक तयारी सम्बन्धी विभिन्न निर्णय गरेको हो ।

कियाचु दमकका अध्यक्ष देवेन्द्र चेम्जोङले यस अघि अधिवेशनका लागि वैशाख ३ गते मिति तोकिएको भएपनि आन्तरिक व्यवस्थापनका कारण बैशाख १० गतेका लागि सार्नु पर्ने बताए । अध्यक्ष चेम्जोङका अनुसार किरात भवनमा हुने अधिबेशन चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा हुने जनाए ।

अधिबेशन उद्घाटन कार्यक्रममा चुम्लुङले लिम्बू समुदायको हितमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत सम्मान गर्ने निर्णय गरिएको जनाईएको छ । बैठकले चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा, गुमानसिंह सम्बाहाम्फे, लिम्बू भाषा तथा साहित्यमा सेसेमी से–नाल्वो, सञ्चार उद्यमीका रुपमा मेहरमान लिङदेन, पत्रकार विष्णु सुब्बा, ज्येष्ठ सदस्यहरु लगायत उत्कृष्ठ व्यवसायी, एवं शैक्षिक सत्र २०७४ देखि २०७७ सम्मको अवधीमा स्नातककोत्तर उर्तिण गर्ने दमकका लिम्बु विद्यार्थीहरुलाई सम्मान गरिने निर्णय भएको अध्यक्ष चेम्जोङले जानकारी दिएका छन् ।

दमक नगर अधिबेशनलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...