सिरीजङ्गामा युमा साम्यो महासभा नेपालको अधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकमा युमा साम्यो महासभा नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रम महासभाका केन्द्रीय सल्लाहकार आर बि याक्थुङचुमको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा महासभाका केन्द्रीय उपाध्यक्ष हर्क सुब्बा इजम, सचिव भिमसेन लिङ्दम, केन्द्रीय सल्लाहकार लक्ष्मण मेन्याङ्बो, केन्द्रीय सदस्यहरु जगत बहादुर योङहाङ, योवाहाङ तुम्बाहाम्फे र युमा साम्यो महासभा हङकङका निवर्तमान अध्यक्ष फुङलेप माखिमको उपस्थिति रहेको थियो । आगामी १२औं राष्ट्रिय जनगणनामा धर्मको महलमा युमा धर्म लेखौं भन्ने मूल नाराका साथ सभाका वक्ताहरुले यहि बिषयमा केन्द्रित भएर मन्तव्य दिएका थिए ।

यस ऐतिहासिक प्रथम अधिवेशनले हरिनारायण सिलिम्बोको अध्यक्षतमा २१ सदस्यीय युमा साम्यो महासभा नेपाल सिरिजङ्गा गाउँपालिका समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल मादेन, उपाध्यक्षमा सन्देश थेवे, सचिवमा रञ्जना ताम्लिङ, सहसचिवमा वीर बहादुर तुम्याङ, र कोषाध्यषमा अम्बिी सौदेन चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा अनिल बोखिम, हेमकुमार लक्सम्बा, सन्तोष ताङजुम, रामकुमार मावो, जीवन थेवे, टेकबहादुर थेवे, हर्ककुमार मावो, पूर्ण परा, सुजन सिलिम्बो, पूर्ण सिलिम्बो, धिरेन सिलिम्बो, चन्द्र थेवे, अर्जुन थेवे, अमित काङ्भा र देविका मावो तुम्याहाङ निर्वाचित भएको छन् ।

उक्त अधिवेशन तुतु तुम्याहाङ् हरिनारायण सिलिम्बोको अध्यक्षतमा सम्पन्न भएको छ । कार्यक्रममा यवा लाङ, के लाङ, सांस्कृतिक कार्यक्रमहरू पनि देखाइएकाे थियाे भने कार्यक्रम शुरू हुनु पुर्व र्याली समेत निकालिएकाे थियाे ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...