तराई तथा मधेशमा आज होली पर्व मनाइँयो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। रंगहरूको पर्वको रुपमा मनाईले फागु (होली) आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँएको छ ।

पहाडी जिल्लामा (हिजो) आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाइएको हो । सरकारले पहाडमा अघिल्लो दिन र तराई मधेशमा पछिल्लो दिन विदा दिदै आएको छ ।

माेरङकाे पथरीशनिश्चरे शेल्फी राेडमा हाेली खेल्दै युवाहरू

कोरोना संक्रमण बढेको कारण देखाउँदै सरकारले होली खोल्न सामूहिक रुपमा भने बन्देज गरेको थियो । तर पनि स्वतस्फुर्त रुपमा चाड मान्नेहरुले होली आ–आफ्नै ढंगले मनाएका छन् ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमालाई दुई दिने मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणर््िामाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि, भिडभाड रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;