महासंघको चुनावमा इलाममा तीन संगठनको साझा उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम। आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा तीनवटा संगठनले साझा उम्मेद्वारी घोषाणा गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालले साझा उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

सोमबार संयुक्त एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै ती संगठनहरुले १८ सदस्यीय जिल्ला कार्यसमिति, ५ सदस्यीय केन्द्रिय परिषद सदस्य र १२ सदस्यीय प्रदेश परिषद सदस्यमा संयुक्त उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

नेपाल पत्रकार महासंघ इलाम शाखालाई समावेशी र साझा महासंघ बनाउने प्रतिवद्धतासहित उनीहरुले विभिन्न पद बाँडफाँड गरि उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

१८ सदस्यीय जिल्ला कार्यसमितिमा प्रेस युनियनले अध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव, दलित सदस्य र ४ खुला सदस्य गरि ८ पद पाएको छ । युनियनले अध्यक्षमा विप्लव भट्टराई (युवराज) अध्यक्षमा उम्मेद्वार बनाएको छ । महिला उपाध्यक्षमा सुनिता खालिङ राई, सहसचिवमा प्रेम अधिकारी, दलित सदस्यमा तिलविक्रम दर्जी र खुल्ला सदस्यहरुमा गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेतलाई उम्मेद्वार बनाएको छ ।

प्रेस चौतारीले उपाध्यक्ष, सचिव, महिला सदस्य, समावेशी सदस्य र ३ खुला सदस्य गरि ७ पद पाएको छ । चौतारीले उपाध्यक्षमा ख्याम भुजेल, सचिवमा भीम चापागाई, महिला सदस्यमा सुजता सुनुवार, समावेशी सदस्यमा भगीरथ भण्डारी र खुल्ला सदस्यहरुमा रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याललाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै प्रेस मञ्चले कोषाध्यक्ष, समावेशी सहसचिव र जनजाति सदस्य पाएको छ । मञ्चले समावेशी सहसचिवमा ज्ञानु केदेम लिम्बू, कोषाध्यक्षमा राम योङहाङ र जनजाति सदस्यमा काकीराम लावतीलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै ५ जना केन्द्रीय परिषद सदस्यमा ३ जना चौतारी र २ जना युनियनले पाएको छ । चौतारीले सटेन्द्र जवेगू, कोकिला ढकाल र राजकुमार दाहाललाई उम्मेद्वार बनाएको छ । युनियनले प्रभाकर प्रधान र विजयशेखर भट्टराईलाई उम्मेद्वार बनाएको छ ।

त्यसैगरी १२ प्रदेश परिषद सदस्यमा ५ जना चौतारीले, ४ जना युनियनले र ३ जना मञ्चले पाएको छ । चौतारीले विमल दाहाल, योगेन्द्र शंकर, गोविन्द लामिछाने, सिजन राई र सोम सुनुवारलाई उम्मेद्वार बनाएको छ । युनियनले दिनेश महत, जीवन शर्मा, वेदमाया मुखिया (सोनु) र गोविन्द पौड्याललाई उम्मेद्वार बनाएको छ । त्यसैगरी मञ्चले सरीता राई, सङसेमी माङयुङ र प्रविन सेलिङलाई उम्मेद्वार बनाएको छ ।

सहमति पत्रमा नेपाल प्रेस युनियनका तर्फबाट जिल्ला अध्यक्ष सविता पाण्डे, प्रेस चौतारीका तर्फबाट संवाद तथा समन्वय समितिका संयोजक सटेन्द्र जवुगू र प्रेस मञ्च नेपालका तर्फबाट संवाद समितिका सदस्य राम योङहाङले हस्ताक्षर गरेका छन् ।

यसअघि गत २२ गते शनिबार ती संगठनहरुले सहमतिमा नेतृत्व चयन गर्ने सहमति गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...