महासंघको चुनावमा इलाममा तीन संगठनको साझा उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम। आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा तीनवटा संगठनले साझा उम्मेद्वारी घोषाणा गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालले साझा उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

सोमबार संयुक्त एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै ती संगठनहरुले १८ सदस्यीय जिल्ला कार्यसमिति, ५ सदस्यीय केन्द्रिय परिषद सदस्य र १२ सदस्यीय प्रदेश परिषद सदस्यमा संयुक्त उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

नेपाल पत्रकार महासंघ इलाम शाखालाई समावेशी र साझा महासंघ बनाउने प्रतिवद्धतासहित उनीहरुले विभिन्न पद बाँडफाँड गरि उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

१८ सदस्यीय जिल्ला कार्यसमितिमा प्रेस युनियनले अध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव, दलित सदस्य र ४ खुला सदस्य गरि ८ पद पाएको छ । युनियनले अध्यक्षमा विप्लव भट्टराई (युवराज) अध्यक्षमा उम्मेद्वार बनाएको छ । महिला उपाध्यक्षमा सुनिता खालिङ राई, सहसचिवमा प्रेम अधिकारी, दलित सदस्यमा तिलविक्रम दर्जी र खुल्ला सदस्यहरुमा गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेतलाई उम्मेद्वार बनाएको छ ।

प्रेस चौतारीले उपाध्यक्ष, सचिव, महिला सदस्य, समावेशी सदस्य र ३ खुला सदस्य गरि ७ पद पाएको छ । चौतारीले उपाध्यक्षमा ख्याम भुजेल, सचिवमा भीम चापागाई, महिला सदस्यमा सुजता सुनुवार, समावेशी सदस्यमा भगीरथ भण्डारी र खुल्ला सदस्यहरुमा रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याललाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै प्रेस मञ्चले कोषाध्यक्ष, समावेशी सहसचिव र जनजाति सदस्य पाएको छ । मञ्चले समावेशी सहसचिवमा ज्ञानु केदेम लिम्बू, कोषाध्यक्षमा राम योङहाङ र जनजाति सदस्यमा काकीराम लावतीलाई उम्मेद्वार बनाएको छ ।

त्यस्तै ५ जना केन्द्रीय परिषद सदस्यमा ३ जना चौतारी र २ जना युनियनले पाएको छ । चौतारीले सटेन्द्र जवेगू, कोकिला ढकाल र राजकुमार दाहाललाई उम्मेद्वार बनाएको छ । युनियनले प्रभाकर प्रधान र विजयशेखर भट्टराईलाई उम्मेद्वार बनाएको छ ।

त्यसैगरी १२ प्रदेश परिषद सदस्यमा ५ जना चौतारीले, ४ जना युनियनले र ३ जना मञ्चले पाएको छ । चौतारीले विमल दाहाल, योगेन्द्र शंकर, गोविन्द लामिछाने, सिजन राई र सोम सुनुवारलाई उम्मेद्वार बनाएको छ । युनियनले दिनेश महत, जीवन शर्मा, वेदमाया मुखिया (सोनु) र गोविन्द पौड्याललाई उम्मेद्वार बनाएको छ । त्यसैगरी मञ्चले सरीता राई, सङसेमी माङयुङ र प्रविन सेलिङलाई उम्मेद्वार बनाएको छ ।

सहमति पत्रमा नेपाल प्रेस युनियनका तर्फबाट जिल्ला अध्यक्ष सविता पाण्डे, प्रेस चौतारीका तर्फबाट संवाद तथा समन्वय समितिका संयोजक सटेन्द्र जवुगू र प्रेस मञ्च नेपालका तर्फबाट संवाद समितिका सदस्य राम योङहाङले हस्ताक्षर गरेका छन् ।

यसअघि गत २२ गते शनिबार ती संगठनहरुले सहमतिमा नेतृत्व चयन गर्ने सहमति गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;