दमकबाट दुई महिला पक्राउ, आठको उद्धार

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई दमक ६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेकी छन् । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...