दुर्गापुरमा नयाँ बजार व्यवस्थापन गठन गर्न सरोकारवालाहरुको माग

 लिम्बुवान न्युज
                       

झापा। दुर्गापुर बजार व्यावस्थापन समितिले नयाँ कार्य समिति नपाएसँगै यहाँका सरोकारवालाहरुले नयाँ कार्य समिति बनाउन माग गरेका छन् । कन्काई वडा नं. ७ ले आफू खुशी बजार व्यवस्थापन समिति गठन गर्न खोजे पछि समस्या आएको हो ।

दुर्गापुर व्यापारी समितिका अध्यक्ष भुवानी शिवाकोटी, नेपाली कांग्रेसका कनकाई ७ का वडा सभापति इश्वरीप्रसाद शिवाकोटी, माओवादी केन्द्रका सहइन्चार्ज तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सचिव राजु अधिकारी, नेकपा एमालेका पार्टी प्रतिनिधि शिवराज बस्नेत, संघीय लिम्बुबान मंच नेपालका अध्यक्ष तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सदस्य बसन्त मेयाङबो र राप्रपाका प्रतिनिधि चन्द्र घिमिरेले प्रेस विज्ञप्ति प्रकाशन गर्दै दुर्गापुर बजार व्यावस्थापन समितिको समयसिमा सकिएपनि यस क्षेत्रका सरोकारवालाहरुले नयाँ समिति बनाउन भन्दा पनि आलटाल गर्दै आएको र वजार व्यावस्थापन समितिको अधिवेशनलाई वडाअध्यक्षले पछि सार्दै आएको आरोप लगाएका छन् ।

यसै विचमा बजारवासीलाई सुचना नदिई एकाएक नयाँ समिति बनाउन प्रयास गरेकोमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलसमक्ष डेलिकेशन गएको समेत विज्ञप्तीमा उल्लेख छ । पोखरेलको निर्देशनमा तत्कालका लागि एकाएक बन्न लागेको समिति बन्न रोकिएपनि अझैपनि वडाअध्यक्षले आफु अनुकुलको समिति गठन गर्न चाहिरहेको भन्दै स्वतन्त्र पूर्वक बजारवाशीलाई नयाँ समिति गठन गर्न समेत माग गरिएको छ ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...