पान्थरका अब्बल सागर केरुङ सम्मानित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर,२०चैत्र। यमुनादेवी बैजनाथ भट्टराई स्मृति साहित्यिक पुरस्कारबाट विभिन्न विधाका अब्बल नाट्यकर्मी तथा चलचित्रकर्मी सागर केरुङ पुरस्कृत भएका छन । शुक्रबार फिदिममा यमुनादेवी–बैजनाथ भट्टराई स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।

पुरस्कृत केरुङको साहित्यिक व्यक्तित्वमाथि साहित्यकार प्रेम ओझाले प्रकाश पारेका थिए । पुरस्कारको राशी ५ हजार रुपैंयाँ र सम्मान–पत्र रहेको छ । पुरस्कृत स्रष्टाहरुलाई साहित्यकार नरेन्द्रराज केरुङले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

केरुङ्ले नुमाहाङमा – २०६६, केमाबा लाजे? – २०६७, पासीभञ्ज्याङ –२०७०, दोश्रो नागरिक –२०७१, सैमुन्द्री –२०७२, साक्थिम् –२०७३, सक्सानु पेन्युक –२०७५, तियाहा –२०७७ लगायत चर्चित कृतिहरु लेखेका छन् भने दर्जनौ फुटकर साहित्यहरु कोरेका छन् ।

लिम्बू कथानक चलचित्रहरु (के), (हेत्लुक्वा), (साम्), (तुम्याहाङ), (अम्लारीफुङ), (थेत्लङ), (थिम्), (लोजिमा), (फुङ्वामा) र (पुङ्साम) लगायत चलचित्रको लेखन, निर्देशन तथा निर्माण समेत गरेका केरुङले नेपाली कथानक चलचित्र (रित) र (जीवन) त्यसैगरी गुरुङ चलचित्र (तोने) र थारु चलचित्र पायल जस्ता चलचित्रहरुमा समेत निर्देशन निर्माणमा संलग्न रहेका छन् ।

यस क्षेत्रकै अब्बल केरुङ्ले सयौं गीतहरु, सयौं म्युजिक भिडियोहरु निर्माण निर्देशन समेत गरेका छन् । विभिन्न संघ संस्था लगायत सामाजिक र राजनीतिक क्षेत्रमा समेत चासो राख्ने गरेका छन् । विशेष गरि पहिचान र सहअस्तित्व प्रति लगाव राख्ने केरुङ्को कोमलता, सिर्जनशिलता नेपाली समाजको लागि अपरिहार्य रहेको अनुभूति हुने पान्थरका साहित्यकारहरु बताउँछन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...