पान्थरका अब्बल सागर केरुङ सम्मानित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर,२०चैत्र। यमुनादेवी बैजनाथ भट्टराई स्मृति साहित्यिक पुरस्कारबाट विभिन्न विधाका अब्बल नाट्यकर्मी तथा चलचित्रकर्मी सागर केरुङ पुरस्कृत भएका छन । शुक्रबार फिदिममा यमुनादेवी–बैजनाथ भट्टराई स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।

पुरस्कृत केरुङको साहित्यिक व्यक्तित्वमाथि साहित्यकार प्रेम ओझाले प्रकाश पारेका थिए । पुरस्कारको राशी ५ हजार रुपैंयाँ र सम्मान–पत्र रहेको छ । पुरस्कृत स्रष्टाहरुलाई साहित्यकार नरेन्द्रराज केरुङले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

केरुङ्ले नुमाहाङमा – २०६६, केमाबा लाजे? – २०६७, पासीभञ्ज्याङ –२०७०, दोश्रो नागरिक –२०७१, सैमुन्द्री –२०७२, साक्थिम् –२०७३, सक्सानु पेन्युक –२०७५, तियाहा –२०७७ लगायत चर्चित कृतिहरु लेखेका छन् भने दर्जनौ फुटकर साहित्यहरु कोरेका छन् ।

लिम्बू कथानक चलचित्रहरु (के), (हेत्लुक्वा), (साम्), (तुम्याहाङ), (अम्लारीफुङ), (थेत्लङ), (थिम्), (लोजिमा), (फुङ्वामा) र (पुङ्साम) लगायत चलचित्रको लेखन, निर्देशन तथा निर्माण समेत गरेका केरुङले नेपाली कथानक चलचित्र (रित) र (जीवन) त्यसैगरी गुरुङ चलचित्र (तोने) र थारु चलचित्र पायल जस्ता चलचित्रहरुमा समेत निर्देशन निर्माणमा संलग्न रहेका छन् ।

यस क्षेत्रकै अब्बल केरुङ्ले सयौं गीतहरु, सयौं म्युजिक भिडियोहरु निर्माण निर्देशन समेत गरेका छन् । विभिन्न संघ संस्था लगायत सामाजिक र राजनीतिक क्षेत्रमा समेत चासो राख्ने गरेका छन् । विशेष गरि पहिचान र सहअस्तित्व प्रति लगाव राख्ने केरुङ्को कोमलता, सिर्जनशिलता नेपाली समाजको लागि अपरिहार्य रहेको अनुभूति हुने पान्थरका साहित्यकारहरु बताउँछन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;