प्रेस चौतारी नेतृत्वको प्यानलद्वारा प्रदेश समिति उम्मेद्वार घोषणा

,   लिम्बुवान न्युज
                       

विराटनगर। प्रेस चौतारी नेपालको नेतृत्वको व्यवसायिक, समाजेवशी संयुक्त प्यानलले पत्रकार महासंघ जिल्ला कार्यालय विराटनगरमा १ नम्बर प्रदेश समिति उम्मेद्वारहरुको उम्मेद्वारी घोषणाको गरेको छ । चौतारीसँगै प्रेस मञ्च नेपाल, संघीय पत्रकार मञ्च र संघीय पत्रकार परिषदको संयुक्त प्यानलले २१ सदस्यीय कार्य समितिका सबै उम्मेद्वारहरुको नाम घोषणा गरेको हो ।

झापाका अग्रज क्रियाशिल पत्रकार मोहन काजीको नेतृत्वमा २१ जना उम्मेद्वारहरुको नाम उक्त कार्यक्रममा घोषणा गरिएको छ । उपाध्यक्षमा रोहित कुमार राई, महिला उपाध्यक्षमा कोकिला ढकाल, महासचिवमा फिपराज वेघा, सचिवमा अविजाल विष्ट, समावेशी सचिवमा सन्तवीर लामा, कोषाध्यक्षमा सन्तोष रुचाल रहेका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा कमल रिमाल, केशवबहादुर चौहान, तेजेन्द्र भण्डारी, मिनराज (प्रवास) उप्रेती, युवराज विवश रहेका छन् । आदिवासी सदस्यमा उपेन्द्र चाम्लिङ र दिल कुमार लावती यसरी नै मधेशी सदस्यमा चन्दनकुमार रौनियार र सुर्यनारायण यादव रहेका छन् । महिला सदस्यहरुमा बिनादेवी तामाङ, शुभद्रा प्याकुरेल र सुमित्रा कोइराला छन् भने दलितमा रणध्वज लोहार र अल्पसंख्यक सदस्यमा विजय धिमालको नाम घोषणा गरिएको छ ।

घोषित नामहरुमा महासचिव पदका उम्मेद्वार फिपराज वेघा, बिनादेवी तामाङ् र मधेशी सदस्य सुर्यनारायण यादव प्रेस मञ्च नेपालका हुने । समावेशी सचिवका उम्मेद्वार सन्तवीर लामा संघीय पत्रकार परिषदका हुने भने आदिवासी जनजाति सदस्य दिल कुमार लावती संघीय पत्रकार मञ्च, नेपालका उम्मेद्वार हुन् भने बाँकी सबै प्रेस चौतारीका उम्मेद्वार रहेका छन् ।

 

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;