सिरिजङगा टोलको भवन उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक। दमक १ को सिरिजङगा टोल बिकास संस्थाले आफ्नो भवन निर्माण गरि उद्घाटन गरेको छ । दमक नगरपालिकाका वडा नंं १ का अध्यक्ष ताराप्रसाद अधिकारीले भवनको उद्घाटन गरेका छन् ।

कार्यक्रममा नगरपालिकाका समाज कल्याण योजना शाखाका डम्बर बरालको विशेष आतिथ्यता रहेको थियो । साहित्यकार तथा सामाजिक अभियन्ता सेसेमी से नाल्बो र इक्सा सम्बाहाम्फेद्वारा दश धुर जग्गा दान गरी १६धुर जग्गामा करिब ७ लाखको लागतमा उक्त भवन निर्माण गरिएको जनाइएको छ । ८४ घर परिवार रहेको उक्त टोलमा जनस्तरबाटै सो भवन निर्माण गरेका हुन् । हालसम्म कुनै दातृ निकायबाट रकम प्राप्त भएको टोलवासीहरुले बताएका छन् ।

कार्यक्रममा छिमेकी टोलका प्रमुखहरु लुङ्धुङ टोलका अध्यक्ष याम राई, हिमालय टोलका अध्यक्ष बुद्धि इङनाम त्यसैगरी सिने निर्देशक राजकुमार आङदेम्बे लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेकोे थियोे ।

कार्यक्रममा जग्गादाता सेसेमी सेनाल्बो र इक्सा सङबाङफेलाई ताम्रपत्रले सम्मान गरिएको थियो भने सबै सहयोगदाताहरुलाई पनि सम्मान गरिएको छ ।

भवन उद्घाटन कार्यक्रम सिरिजङगा टोलका अध्यक्ष रचना लाओतीको अध्यक्षतामा सम्पन्न भएको छ । त्यसैगरी स्वागत मन्तव्य टोलका कोषाध्यक्ष तारादेबी राईले गरेका थिइन् भने संचालन सचिब आरती लिम्बूले गरेकी छन् ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...