ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समितिको जनप्रर्दशन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। आदिवासी लिम्बु समुदायको ऐतिहासिकस्थल मुक्कुमलुङलाई अतिक्रमण गरी पाथीभरा नाम गरिएकोमा बिरोध शुरु भएको छ । आदिवासीको जल, जंगल र जमिन माथि राज्यले अतिक्रमण गर्दै लिम्बु पहिचान झल्कने नामको अतिक्रमणको विरोध गर्दै साँस्कृतिक विरासत पुनःस्थापित गरिनुपर्ने माग राख्दै ताप्लेजुङ सहित अरुण पूर्वका नौ जिल्लामा जनप्रर्दशन शुरु गरिएको हो ।

“मुन्धुमी स्थल मुकुम्लुङ मौलिकता जोगाऔं, सांस्कतिक अतिक्रमण विरुद्ध संघर्ष गरौं” भन्ने नाराका साथ सेभ मुकुम्लुङ अभियान अन्र्तगत मुकुम्लुङ संयुक्त संघर्ष समितिले जनप्रर्दशन गरेको हो । समितिका संयोजक श्री लिङ्खिमका अनुसार भोली आईतबार सर्वोच्च अदालत परिसर अगाडी प्रर्दशन गर्ने तयारी छ । सदरमुकाम फुङ्लिङमा विभिन्न झाँकीसहित प्रर्दशन गरिएको थियो । ¥यालीमा सेभ मुकुम्लुङ, आदिवाशी रैथानेहरुको सामूहिक भूमि अधिकारको सम्मान गर, मुकुम्लुङ युमा माङ् माथिको अतिक्रमण बन्द गर लगायतका प्लेकार्ड सहित नारा लगाएका थिए । ¥यालीमा हजारौं ताप्लेजुङबासीहरुको स्वतस्फूर्त सहभागी रहेको थियो ।

बजार परिक्रमा पछि आयोजित कोणसभा मार्फत पाथीभरा दर्शन केबुलकार प्रा.लि.द्वारा आगामी २०७८ वेशाख ११ गते प्रधानमन्त्रीले केबुलकार शिलान्यास गर्ने कार्यक्रमलाई जसरी पनि रोक्ने निर्णय गरिएको संयोजक लिङ्खिमले जानकारी दिए । नेपाल सरकार र सम्बन्धित पक्ष समक्ष ज्ञापन पत्र बुझाउनुका साथै केही समझदारीहरू समेत भएपनि न्यायिक मागलाई बेवास्ता गर्दै जबरजस्त नागरिक आवाजलाई दबाएर जाने नियतका साथ पाथीभरा दर्शन केबुलकार प्रा.लि.द्वारा आगामी २०७८ वेशाख ११ गते प्रधानमन्त्रीले केबुलकार शिलान्यास गर्ने भन्ने विभिन्न संचारमाध्यममार्फत जानकारी हुन आएकोले त्यसलाई रोक्नको लागि चरणवद्ध आन्दोलनको घोषणा गरेको संयोजक लिङ्खिमले बताए ।

यसअघि घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापन पत्र बुझाईएको थियो । पहिलो चरणको कार्यक्रम पश्चात पनि नरोकिए थप सशक्त आन्दोलन कार्यक्रम घोषणा गर्ने र मुक्कुमलुङ बचाउनका लागि जस्तोसुकै कदम उठाउन वाध्य हुने कुरा विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार प्रकाशित विज्ञप्तिमा विभिन्न राजनीतिक दलका प्रमुखहरुले हस्ताक्षर गरेका छन् । सरकार पाथीभरा दर्शन केबुलकार प्रा.लि.लाई त्यस क्षेत्रका रथाने आदिवासीहरुसँग कुनै परमर्श नै नगरी आदिवासी जनजातिको अग्राधिकार प्राप्त आई एल ओ १६९ लाई वेवस्ता गर्दै अगाडि बढेको प्रति मुक्कुमलुङ् संघर्ष समितिले आपत्ती जनाएको छ । सरकार प्राकृतिक दोहनमा लागेको आरोप लगाउँदै पाथीभरालाई पुनः मुक्कुमलुङ् नामाकरण नगरिएमा जस्तोसुकै संघर्ष गर्न बाध्य हुने संघर्ष समितिले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...